28.1 C
Kathmandu

ब्रेकिङ समाचारएमालेका २२ सांसद प्रतिनिधिसभा बैठकमा सहभागी नहुने

एमालेका २२ सांसद प्रतिनिधिसभा बैठकमा सहभागी नहुने

२७ बैशाख २०७८

काठमाडौ । नेकपा एमालेको माधव कुमार नेपाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् । एमाले नेता भीम रावलले पार्टीका २२ सांसद आजको बैठकमा सहभागी नहुने बताएका हुन् ।

प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता रावलले जानकारी दिए । आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुंदा बैठकमा उपस्थित नुहने निर्णय गरेका छौ’ रावलले भने ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्