30.1 C
Kathmandu

ब्रेकिङ समाचारनायक कुमार मोक्तान र सीता थिङ अभिनित तामाङ प्रेम गीत ‘माया सेम’...

नायक कुमार मोक्तान र सीता थिङ अभिनित तामाङ प्रेम गीत ‘माया सेम’ सार्बजनिक(भिडियो सहित)

२५ बैशाख २०७८/छेडुप तामाङ


काठमाडौ | एक दशक भन्दा लामो समयदेखी तामाङ चलचित्र जगतलाई माथी उठाउने उदेश्यका साथ चलचित्र क्षेत्रमा लागेका सदाबहार नायक कुमार मोक्तान र नायिका सीता थिङ अभिनित तामाङ प्रेम गीत ‘माया सेम’युट्युवमार्फत बजारमा सार्बजनिक भएको छ ।

तामाङ चलचित्र संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका नायक कुमार मोक्तानको केही समय अगाबै मात्र “दोर्जेडन ब्याक अगेन” तामाङ चलचित्रको बिशेष प्रदर्शन सङ्गै “म्हाला आङा” बोलको डान्सिङ सङ सार्बजनिक गरिएका थिए ।

दुई हप्ता अगाडी मात्र सार्बजनिक गरिएको “म्हाला आङा” दर्शकहरुले रुचाएपश्चात पुनः “माया सेम” बोलको गीत सार्बजनिक गरिएको हो ।
बिलकुलै मायापिरती सङ्ग सम्बन्धित रहेको यस गीतको शब्दरचनाकार ज्ञान्दास तामाङ रहेको छ भने सङ्गीत जोगलाल लामाको रहेको छ ।


चर्चित रियालिटी शो “नेपाली तारा २” का बिजेता समेत रहेका सन्तोष लामा र गायिका जितु लोप्चानको सुमधुर आवज रहेको यस गीतको एरेन्ज चाँद सिङले गरेका हुन भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन ।
प्रतीक न्यासुरले निर्देशन गरेको यस गीतको भिडियोमा नायक कुमार मोक्तान र नायिका सीता थिङको जिवन्त अभिनय रहेको छ ।


पछिल्ला समय तामाङ गीतसङ्गीतको बजार प्रेममय नै भएको छ । एक पछि अर्को गर्दै दिनानुदिन जस्तै म्युजिक भिडियोहरु सार्बजनिक भैरहेको अवस्थामा भगवती मोक्तानको प्रस्तुती रहेको यस गीतमा एक अर्काले मायाको वर्णन गरेको देखिन्छ ।

रसुवा, नुवाकोट रुबि भ्याली लगायतका स्वोर्गिय आनन्द रहेको प्रकृतिको काखमा दृश्य छायांकन गरिएको यस गीतको भिडियो हेरेपश्चात निश्चय पनि त्यो ठाउँमा जाने रहर नगर्ने कमै होलान । अझ भन्नू पर्दा यस गीतको भिडियोले दर्शकहरुलाई मनोरन्जन संगै नेपालमा रहेका यस खालका पर्यटकीय स्थलहरुको प्रबर्द्धन पनि गीतसङ्गीतको माध्यम बाट गरेको देखिन्छ ।

भिडियो हेर्नुहोस :

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्