19.1 C
Kathmandu

ब्रेकिङ समाचारराष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

२४ बैशाख २०७८

काठमाडौ । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि आज उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो ।

उक्त पदपूर्तिका लागि जेष्ठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद र २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन्।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्