27.1 C
Kathmandu

ब्रेकिङ समाचारओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय

ओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय

२३ बैशाख २०७८
काठमाडौ
। नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । बालुवाटारमा विहीबार विहान बसेको स्थायी कमिटी बैठकपछि एमाले नेता प्रदीप कुमार ज्ञवालीले यो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिँदै छन् । माओवादी केन्द्रले बुधबार सरकारको समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा परेका छन् ।

स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने निर्णय गरेको छ । एमालेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारबारे भने निर्णय गरिसकेको छैन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्