17.1 C
Kathmandu

ब्रेकिङ समाचारखनाल–नेपाल समूहका सांसदको राजीनामा र अविश्वास प्रस्ताव सँगसँगै हुने

खनाल–नेपाल समूहका सांसदको राजीनामा र अविश्वास प्रस्ताव सँगसँगै हुने

२३ बैशाख २०७८
काठमाडौ
। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनले एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसदको राजीनामा र अविश्वास प्रस्ताव सँगसँगै हुने गरी छलफल अघि बढाएको छ ।

ओलीले २७ गते विश्वासको मत नपाए अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने रणनीति बनाएको आकलन गरिएकाले त्यसलाई चिर्न अगाडि नै अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ ।

कांग्रेस, एमाले (खनाल–नेपाल), माओवादी केन्द्र र जसपाका नेताहरूबीच बुधबार छुट्टाछुट्टै छलफल भएको थियो । छलफलमा एमाले नेता नेपालले आफूहरू २७ गतेअघि नै सामूहिक राजीनामा दिन तयार भएको सन्देश कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएका थिए भने देउवाले पनि आफ्ना प्रतिनिधिहरू पठाएर अहिले एमालेभित्र सांसदहरूको स्थिति बुझेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्