नव गायक कबिन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ” युट्युव ट्रेन्डिङमा

बैशाख २१, २०७८


२१ बैशाख २०७८/छेडुप तामाङ

काठमाडौ । नव गायक कबिन्द्र मौक्तानको नेपाली आधुनिक गीत ‘तिम्रै हुन पाउं’ युट्युव ट्रेन्डिङमा परेको छ । ४ दिन अगाडि मात्र युट्युव मार्फ सार्वजनिक गरिएको उक्त गीत युट्युवको २१ नं. ट्रेन्डिङमा परेको हो ।

झापाको बिर्तामोड बाट सांगीतिक यात्रा तय गरि काठमाडौं आएर नेपाली सुगम संगीतमा चर्चा बटुल्न सफल गायिका एलिना चौहान र नव गायक कविन्द्र मोक्तानको आवाजमा रहेको नेपाली आधुनिक गीत हो “तिम्रै हुन पाऊँ”।

नव गायकद्धय कबिन्द्र मोक्तानको शब्द संगीत रहेको “तिम्रै हुन पाऊँ” बोलको गीतमा एरेन्ज कार्सङ तामाङले गरेका हुन् भने मिक्सिङ मास्टर डिका गुरुङको रहेको छ । यस गीत नव गायक कविन्द्र मोक्तान र चर्चित गायिका एलिना चौहानको सुमधुर आवाजमा पारिजात स्टुडियोमा रकर्ड गरिएको हो ।
गीतका सर्जक एवम् नव गायक कबिन्द्र मोक्तानले धेरै समयको मिहनत पश्चात यो गीत सार्वजनिक गरेकोमा दर्शक श्रोताहरुले अत्यन्तै माया गरि हेरिदिएकोमा भगवानरुपी दर्शकहरुमा धन्यवाद ब्यक्त गरेका छन् ।

बिलकुलै माया पिरतिमा आधारित यस गीतमा प्रेमी–प्रेमीकाबिच एक आपसमा आ–आफ्ना इच्छा र चहानाहरु माया प्रेमको भावमा व्यक्त गर्न खोजीएको छ । गीत गहिरेर सुन्दा अहिलेका नयां पुस्ताका माया प्रेममा रहेका युगल जोडीहरुले बढि रुचाउने खालको रहेको देखिन्छ ।

४ दिन गगाडि मात्रै गायिका एलिना चौहानको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको यस गीत हामीले यो सामाचार सम्प्रेषण गरिन्जेल सम्मा झन्डै १ लाख ७८ हजार दर्शकले हेरिसकेका छन् भने ५ हजार जना भन्दा बढिले मन पराएका छन् । २७५ जना भन्दा बढि दर्शकले गीतको बारेमा प्रतिकृया दिएका छन् । समग्रमा सबै जसो दर्शकश्रोताको सकरात्मक प्रतिकृयाहरु आएको देखिन्छ ।

गाहिने दाजैले बोलको कभर सङ बाट दर्शक श्रोताको माया बटुलेकी गायिका एलिना चौहान यत्ति बेला निक्कै व्यस्त गायिकाको रुपमा स्थापित भएको छ ।