19.1 C
Kathmandu

ब्रेकिङ समाचारसानुबाबु घिसिङ र रश्मि दोङ तामाङको ठट्यौली गित 'छामेला मी फोबा' बजारमा

सानुबाबु घिसिङ र रश्मि दोङ तामाङको ठट्यौली गित ‘छामेला मी फोबा’ बजारमा

१९ बैशाख २०७८/दिपक तामाङ

काठमाडौ । दोस्रो चरणको कोरोना महामारी संक्रमण तथा रोकथामको लागी नेपाल सरकारले निषेधाज्ञा लागु भएको आज तेस्रो दिन सम्म आईपुग्दा तामाङ गीतसंगीतको बजारमा भने फरक फरक धारको गीतका म्युजिक भिडियोहरु सार्वजनिक भैरहेका छन् । यसै क्रममा पछिल्ला समयमा निक्कै नै तामाङ समुदायका दर्शक श्रोताहरुको माया बटुल्न सफल युवा गायक तथा संगीतकार सानुबाबु घिसिङ र सुमधुर आवजकी धनि रश्मि दोङ तामाङको आवाजमा रहेको तामाङ भाषाको एकदमै ठट्यौली दोहोरी गीत ‘छामेला मी फोबा’ युट्युव मार्फत सार्वजनिक भएको छ ।

तामाङ गीतसंगीतको बजारमा निक्कै नैै हिट गीतहरु दिइसकेका गायक तथा संगीतकार सानुबाबु घिसिङको आफ्ने शब्द÷संगीत रहेको यस गीतको एरेन्ज जोगलाल लामाले गरेका हुन भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ।

सरगम स्टुडियोमा रकर्ड गरिएको यस गीतको भिडियो तर्फ हेरुका लामाको निर्देशन रहेको छ भने कोरियोग्राफि युद्ध लामा ब्लोनको रहेको छ । भिडियोमा हेरुका लामा, मन्जु लो तामाङ, कुईसाङ रुम्बाको साथमा अनिता नेगी तामाङको सशक्त नृत्यको साथै अभिनय हेर्न सकिनेछ । भिडियोको छायंकन, सम्पादन सबै पक्ष सुमन लामाले सम्पन्न गरेका हुन् ।

भिडियो हेरुका लामा युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्