23.1 C
Kathmandu

ब्रेकिङ समाचारपार्किङमा राखेको कार भित्र तीन बालक मृत फेला

पार्किङमा राखेको कार भित्र तीन बालक मृत फेला

१९ बैशाख २०७८

काठमाडौ । दाङको तुलसीपुरमा तीन बालक मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय आरजे ०१ सीसी ०८८५ नम्बरको कारमा बालक मृत फेला परेका हुन् ।

उनीहरुलाई राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । बालक मृत फेला परेको कार लामो समयदेखि त्यस स्थानमा पार्किङमा राखिएको प्रहरीले बताएको छ ।

प्रनाउ सिंहका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि हेर्दा मृत बालक रहेको पाइएको हो । मृत बालकको पहिचान खुल्न सकेको छैन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्