28.1 C
Kathmandu

ब्रेकिङ समाचारनिषेधाज्ञामा निस्किन पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

निषेधाज्ञामा निस्किन पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

१९ बैशाख २०७८

काठमाडौ । पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने निर्णय गरेको हो ।

यसअघि निषेधाज्ञाका समयमा समाचार संकलनार्थ खटिएका पत्रकारले सम्बन्धित मिडिया हाउसकै पासका आधारमा हिँड्न पाउने गरेका थिए । मिडिया हाउसको कार्ड देखाउँदा दुरूपयोगको सम्भावना धेरै देखियो। त्यसैले कडाइ गरेका हौं’ सीसीएमसीका एक अधिकारीले भने, ‘केही व्यवहारिक समस्या हेरिदिने कुरा त छँदैछ ।’

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयलले बिहीबारदेखि निषेधाज्ञाको आदेश जारी गरेका छन् । यस्तै उपत्यका बाहिर निषेधाज्ञा लगाइएको जिल्लाका हकमा भने सूचना विभागको प्रेस पास नहुनेलाई प्रमुख जिल्ला अधिकारीले नै अर्को अस्थायी पासको व्‍यवस्था मिलाउन सक्ने भनिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्