15.1 C
Kathmandu

ब्रेकिङ समाचारशुआङ दोङको प्रस्तुति तिङ्ला गुङरी सार्वजनिक (भिडियो सहित

शुआङ दोङको प्रस्तुति तिङ्ला गुङरी सार्वजनिक (भिडियो सहित

१७ बैशाख २०७८/छेडुप तामाङ्

काठमाडौ । नायक अमिर दोङ र अनिता गोले अभिनित तामाङ प्रेम गीत ‘तिङ्ला गुङरी’को म्युजिक भिडियो बिहीवार सार्बजिक भएको छ । पछिल्लो समय गीतको म्युजिक भिडियोको शुरुवात, मध्य भाग र अन्त भागमा बिभिन्न कथा बस्तुलाई जोड्ने चलन चल्दै आएको छ । यसै क्रममा नायक अमिर दोङले ‘तिङ्ला गुङरी ‘तामाङ प्रेम गीतमा फाईट सिन राखिएको छ ।

समुदायमा माया प्रेमको मामिलामा यस्ता खाल्का घटनाहरु पनि घट्न सक्छन् है भन्ने खालको सांकेतिक घटनालाई जोडेर यस्ता खालका म्युजिक भिडियो बनाएको नायक अमिर दोङले बताएका छन् । ङेमा दोङको शब्द रचना रहेको यस गीतमा संगीत, एरेन्ज र मिक्सिङ कार्साङ लामा दोङको रहेको छ भने आवाज कार्साङ लामा दोङ र रश्मि दोङको रहेको छ ।

नायक अमिर दाङद्धारा निर्देशन गरिएको यस गीतमा अमिर दोङको साथमा अनिता गोले, कुइसाङ रुम्बा, राजु दोङ, सन्तोष गोले र बिसाल थिङको अभिनय रहेको छ । बिहीबार मात्र डम्फु मिडिया अफिसियल युट्यव च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतमा अधिकांश दर्शक श्रोताहरुले यस गीतको भिडियो हेर्दा चलचित्र हेरे भैं लाग्यो भन्ने खालका सकारात्मक प्रतिकृया दिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्