17.1 C
Kathmandu

ब्रेकिङ समाचारचर्चित गायिका एलिना चौहान र कबिन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ” बजारमा

चर्चित गायिका एलिना चौहान र कबिन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ” बजारमा

१७ बैशाख २०७८/छेडुप तामाङ

काठमाडौ । झापाको बिर्तामोड बाट सांगीतिक यात्रा तय गरि काठमाडौं आएर नेपाली सुगम संगीतमा चर्चा बटुल्न सफल गायिका एलिना चौहान र नव गायक कविन्द्र मोक्तानको आवाजमा रहेको नेपाली आधुनिक गीत “तिम्रै हुन पाऊँ” बजारमा सार्वजिक भएको छ ।

नव गायकद्धय कबिन्द्र मोक्तानको शब्द संगीत रहेको “तिम्रै हुन पाऊँ” बोलको गीतमा एरेन्ज कार्सङ तामाङले गरेका हुन् भने मिक्सिङ मास्टर डिका गुरुङको रहेको छ । यस गीत नव गायक कविन्द्र मोक्तान र चर्चित गायिका एलिना चौहानको सुमधुर आवाजमा पारिजात स्टुडियोमा रकर्ड गरिएको हो ।

गीतका सर्जक एवम् नव गायक कबिन्द्र मोक्तानको अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी नेपाल सरकारले निषेधाज्ञा लागु गरेपश्चात उपत्यकाभित्र आफ्न पेशा र व्यवसायको चिन्ता लिएर बसेका दर्शक श्रोताहरुलाई थोरै मात्रमा भए पनि त्यस्ता चिन्ताहरुलाई भुलाउन यस गीतले भुमिका खेल्नेछ भन्ने कुरा नमोबुद्ध न्यजलाई बताएका छन् ।

बिलकुलै माया पिरतिमा आधारित यस गीतमा प्रेमी–प्रेमीकाबिच एक आपसमा आ–आफ्ना इच्छा र चहानाहरु माया प्रेमको भावमा व्यक्त गर्न खोजीएको छ । गीत गहिरेर सुन्दा अहिलेका नयां पुस्ताका माया प्रेममा रहेका युगल जोडीहरुले बढि रुचाउने खालको रहेको देखिन्छ ।

हिजो मात्रै गायिका एलिना चौहानको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको यस गीत हामीले यो सामाचार सम्प्रेषण गरिन्जेल सम्मा झन्डै आधि लाख दर्शकले हेरिसकेका छन् भने २५ सय जना भन्दा बढिले मन पराएका छन् । ११७ जना भन्दा बढि दर्शकले गीतको बारेमा प्रतिकृया दिएका छन् । समग्रमा सबै जसो दर्शकश्रोताको सकरात्मक प्रतिकृयाहरु आएको देखिन्छ ।

गाहिने दाजैले बोलको कभर सङ बाट दर्शक श्रोताको माया बटुलेकी गायिका एलिना चौहान यत्ति बेला निक्कै व्यस्त गायिकाको रुपमा स्थापित भएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्