१७ बैशाख २०७८
काठमाडौं । निषेधाज्ञामा व्यवसायीले बजारमा कृत्रिम अभाव सिर्जना गरेको थाहा पाएमा ११३७ नम्बरमा फोन गर्न सरकारले आह्वान गरेको छ ।बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक सूचना निकाल्दै यस्तो आह्वान गरेको हो ।
सूचनामा सर्वसाधारणलाई आफ्नो छेउछाउको बजार तथा पसलमा कालोबजारी वा मूल्यवृद्धि भएको थाहा पाए विभागले दिएको टोल फ्री नम्बरमा उजुरी दिन सकिने जनाइएको छ ।
विभागले बजारमा पर्याप्त सामान रहेको र आवश्यक परेको खण्डमा आपूर्ति सहजै गर्ने व्यवस्था गरिसकेको पनि जनाएको छ ।
