28.1 C
Kathmandu

ब्रेकिङ समाचारभारतमा कोरोनाका सक्रिय संक्रमित ३० लाख नाघे, एकैदिनमा झन्डै ३ हजार ६...

भारतमा कोरोनाका सक्रिय संक्रमित ३० लाख नाघे, एकैदिनमा झन्डै ३ हजार ६ सयको मृत्यु

१६ बैशाख २०७८


काठमाडौ । भारतमा कोरोनाभाइरसका सक्रिय संक्रमित ३० लाख नाघेका छन्। बुधबार ३ लाख ७९ हजार संक्रमित थपिएसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३० लाख नाघेको हो।३० लाख सक्रिय संक्रमित हुने भारत संसारकै दोस्रो देश हो। यसअघि अमेरिकामा ६८ लाख सक्रिय संक्रमित पुगेका थिए।

सक्रिय संक्रमित बढेसँगै भारतमा दैनिक मृत्युदर पनि दिनदिनै उकालो लागिरहेको छ। बुधबारमात्रै भारतमा ३ हजार ५ सय ९६ जना संक्रमितले ज्यान गुमाएका छन्।भारतमा कोरोनाको दोस्रो लहरबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ। बुधबार त्यहाँ ६३ हजार संक्रमित थपिएका थिए भने ९ सय ८५ संक्रमितको मृत्यु भएको थियो।

गत फेब्रुअरी १६ मा भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ३८ हजारमात्र थियो। सक्रिय संक्रमितको संख्या ५ लाख पुग्न ४० दिन लागेको थियो। थप १२ दिनमा सक्रिय संक्रमित १० लाख पुगेका थिए। पछिल्ला १९ दिनमा मात्रै भारतमा २० लाख सक्रिय संक्रमित थपिएका छन्।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्