१४ बैशाख २०७८
काठमाडौ । अछामको बान्नीगढी जयगढ गाउँपालिका– ६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा कोरोना देखिएको छ ।
२५ जना विद्यार्थीमा सोमबार एन्टिजेन परीक्षण गरिएको गर्दा १० जना छात्र र ६ छात्रामा कोरोना पोजेटिभ देखिएको हो।
विद्यार्थीहरुमा कोरोना पोजेटिभ देखिएपछि विद्यालयका १० जना शिक्षकको पनि स्वाब लिइएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बसन्तबहादुर रावलले जानकारी दिए ।
संक्रमण देखिएका सबै विद्यार्थी होम आइसोलेसनमा छन्। सोमबारदेखि नै विद्यालय बन्द गरिएको छ।