22.1 C
Kathmandu

ब्रेकिङ समाचारनिषेधाज्ञाको निर्णयपश्चात धमाधम छाड्न थाले उपत्यका

निषेधाज्ञाको निर्णयपश्चात धमाधम छाड्न थाले उपत्यका

१४ बैशाख २०७८
काठमाडौं
। उपत्यकामा निषेधाज्ञाको निर्णय भएसंगै उपत्यकाका बिभिन्न ठाउंका बस स्टेशनहरुमा यात्रुहरुको घुईचो लागेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो ।

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि घर जान यात्रुहरुको भीड लागेको हो ।

लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । टिकट पाउनै मुस्किल छ आज र भोली घर जान पायो भने पायो अन्यथा पहिलेको झैं काठमाडौंमै समस्या झेलेर बस्नुपर्ने बाध्यता हुन्छ भन्दै गुनासो लाउंदै छन् यात्रुहरु ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्