30.1 C
Kathmandu

ब्रेकिङ समाचारमाओवादीद्वारा दल त्यागको कारवाही गरेका वडाध्यक्षले पार्टीभित्रै पुनरावेदन गर्ने

माओवादीद्वारा दल त्यागको कारवाही गरेका वडाध्यक्षले पार्टीभित्रै पुनरावेदन गर्ने

१४ बैशाख २०७८
काठमाडौ ।
हुम्ला अदानचुली गाउँ कमिटीले सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई माओवादी केन्द्रबाट निर्वाचन जितेर अन्य पार्टी (नेकपा एमाले) मा लागेको भन्दै निर्वाचित पद रिक्त रहने गरी कारवाही गर्न जिल्ला पार्टीलाई सिफारिस गरेको हो ।

गाउँ कमिटी अध्यक्ष हरिदल पुनको अध्यक्षतामा बसेको बैठकले “लामो समयदेखि हाम्रो पार्टीको सम्पर्कमा उहाँहरु आउनुभएको छैन”, अध्यक्ष पुनले भने, “पार्टीको सम्पर्कमा नआएपछि हामीले पटक–पटक पठाएको स्पष्टीकरणसमेतको जवाफ नदिएपछि बाध्य भएर पार्टीले यस्तो निर्णय गर्नुपरेको हो ।”

डाध्यक्ष थापाले भने आफूमाथि कारवाही गर्ने निर्णयको पार्टीभित्रै पुनरावेदन गर्ने प्रतिक्रिया दिएका छन् । पार्टीले कारवाहीका लागि गरेको सिफारिसका बारेमा जानकारी नपाएका वडाध्यक्ष थापाले भने, “म विसं २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको टिकटबाट निर्वाचित भएको हुँ, पछि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपामा आबद्ध भएँ, त्यसपछि अहिलेसम्म म अन्य कुनै पार्टीमा आबद्ध छैन, तर पूर्वाग्राही ढङ्गले कारवाही गरे म पार्टीभित्रै न्याय खोज्छु ।”

पार्टीभित्रकै केही व्यक्तिले आफूमाथि भौतिक आक्रमण गर्नेविरुद्ध कारवाहीको माग गर्दा कुनै सुनुवाइ नभएपछि पछिल्लो समयमा पार्टीको सम्पर्कमा नगएको उनले बताए । उनले अर्को पार्टीमा लागेको भन्ने आरोप सही नभएको प्रतिक्रिया दिए । “माओवादी केन्द्रको बाहेक हामी ९म र वडा सदस्य वर्ष महतारासँग नेकपाको समेत सदस्य लगेको रसिद छैन”, उनले भने, “अन्य पार्टी लागेको भन्ने आरोप केवल व्यक्तिगत रिसइबीबाहेक अरु केही होइन । त्यसमा पार्टीले हामीलाई न्याय गर्नेछ ।” वडाध्यक्ष थापा माओवादी केन्द्रकै स्थानीय नेताद्वारा यसअघि दुईपटक कुटिएका थिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्