29.1 C
Kathmandu

ब्रेकिङ समाचारऐतिहासिक बौद्ध तेमाल जात्रा यो बर्ष पनि सुनसान

ऐतिहासिक बौद्ध तेमाल जात्रा यो बर्ष पनि सुनसान

१३ बैशाख २०७८/छेडुप तामाङ
काठमाडौं
। तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक महत्व बोकेको तेमाल जात्रा कोरोना भाइरसका कारण यस बर्ष पनि सुनसान रहेको छ । यो जात्रामा तामाङ समुदायले आफ्नो पितृको नाममा बत्ती बाली लामागुरुहरुद्धारा ङोवा (पूजापाठ) गर्ने प्रचलन छ । प्रत्येक वर्ष चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन स्वयम्भूमा लाग्ने तेमाल जात्रामा बत्ती बाली पूजापाठ गर्नाले मृतकको आत्माले चिर शान्ति प्राप्त गर्ने र आफन्तजनहरुको समेत मानोकांक्षा पूरा हुने धार्मिक मान्यता रहेको हाुंदा यस दिन काठमाडौको बौद्ध र स्वयम्भू स्थित उपत्यका बाहिरदेखी धेरै मानिसहरु आएर मेला अर्थात जात्रामा सहभागि हुने गर्दछ ।

मेलाको दिन सो स्थानहरुमा अत्यन्तै भिडभाड हुने गरेकोमा अघिल्लो बर्ष र यस बर्ष भने कोरोना संक्रमणको डरका कारण बौद्ध परिसर सुनसान जस्तै थियो । थोरै संख्यामा मात्र मानिसहरु छ्यूमे बाल्नका लागी अउने गरेको र छ्युमे बालेपश्चात आफ्ना गन्तव्यस्थल फकर्ने गरेको हुंदा यस बर्ष पनि तेमाल जात्राको अवसरमा बैद्ध परिसरमा भिडभाड नदेखिएको हो ।

तेमाल जात्राको दिन बौद्ध परिसरमा बौद्धधर्म सम्बन्धी प्रवचन, आशिर्वाद दिने कार्यक्रम, रक्तदान, निःशुल्क पानी वितरण, स्वास्थ्य शिविरलगायतका कार्यक्रमको साथमा बिशेषत ः जात्रामा परम्परागत फापरे ह्वाई तथा विविध साँस्कृतिक कार्यक्रम समेत हुने गरेकोमा गत बर्ष र यस बर्ष भने ती त्यस्ता खालका कनै पनि कार्यक्रम कार्यक्रमहरु भएनन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्