17.1 C
Kathmandu

ब्रेकिङ समाचारखाली सिलिण्डरको फण्डाले उपभोक्ता आत्तिए,निगम भन्छ– ग्यासको अभाव छैन, आत्तिनुपर्दैन

खाली सिलिण्डरको फण्डाले उपभोक्ता आत्तिए,निगम भन्छ– ग्यासको अभाव छैन, आत्तिनुपर्दैन

१३ बैशाख २०७८
काठमाडौ
। गत शुक्रबार नेपाल एलपी ग्यास उद्योग संघले आम उपभोक्ताको ध्यानाकर्षण गर्दै एउटा विज्ञप्ति निकाल्यो । विज्ञप्तिमा भनिएको थियो, ‘कोरोना महामारीका कारण भविष्यमा ग्यासको आपूर्ति प्रणालीमै असहज स्थिति आउन सक्ने भएकाले जति सक्दो चाँडो आफूसँग भएको खाली सिलिन्डर भर्न नेपाल एलपी ग्यास संघ आम उपभोक्तालाई आग्रह गर्दछ’ ।

तर, संघले भनेजस्तो हालसम्म बजारमा ग्यासको कुनै अभाव देखिएको छैन । त्यसो त हालका लागि मात्र नभएर भविष्यमा समेत ग्यास आपूर्तिमा कुनै समस्या नआउने नेपाल आयाल निगमले प्रष्ट पारेको छ ।

आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने, ‘हालको अवस्थामा मुलुकमा पेट्रोलियम पदार्थको कुनै समस्या छैन, र भविष्यमा पनि आउने छैन । यदि फेरि पनि मुलुक लकडाउनमा जाने अवस्था आयो भने पनि निगमले सहज आपूर्तिको व्यवस्था गर्छ र बजारमा ग्यास, तेलको अभाव हुन दिँदैन ।’

आम उपभोक्ताहरू भने एलपी ग्यास उद्योग संघको उक्त शुक्रबारको सूचनालाई लिएर त्रसित भएका छन् । कोभिड–१९ को दोस्रो लहर मुलुकमा तिब्र संक्रमणदर बढ्दै जाँदा फेरि पनि मुलुक लकडाउनमा जाने हो कि भन्ने त्रासका बीच थप ग्यासको आपूर्ति समेत बन्द हुन सक्ने त्यस्तो सांकेतिक सूचनाले आम सर्वसाधारण सशंकित भएका हुन् ।

तेल र ग्यासको आधिकारिक विक्रेता नेपाल आयल निगमले ग्यास आपूर्तिलाई लिएर कोही पनि आत्तिनु नपर्ने स्पष्ट पारेको छ । अहिलेको अवस्थामा आपूर्ति व्यवस्था सहज रहेको र पर्याप्त ग्यासको स्टकसमेत रहेकाले कोही पनि आत्तिनुनपर्ने निगमको भनाई छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्