30.1 C
Kathmandu

खेलकुदएट्लेटिको म्याड्रिडको हारले बार्सिलोनालाई मौका

एट्लेटिको म्याड्रिडको हारले बार्सिलोनालाई मौका

१३ बैशाख २०७८/अर्जुन लामा

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई हराउदै उपाधिको नजिक पुगेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि २–१ गोलले जित निकालेका थिए । खेलको १४ औं मिनेटमा भिल्लारियलको गोल रक्षकले अत्यन्त राम्रो बचाउ गरेकाले बर्सिलोनाको गोल हुनबाट चुकेका थिए ।

भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन एन्टोनी ग्रिजम्यानले २ गोल गरेका थिए । खेलमा भिल्लारियलले अग्रता बनाएका थियो । खेलको २६ औं मिनेटमा समुइलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि बार्सिलोनाका लागि ग्रिजम्यानले बराबरी गोल फर्काए ।

३५ औं मिनेटमा ग्रिजम्यानले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाएका थिए ।भिल्लारियल खेलको ६५ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । भिल्लारियलका मनु तेगोरियोस रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

जितसँगै बार्सिलोनाले ३२ खेलबाट ७१ अंक जोडेको छ भने एट्लेटिको म्याड्रिड ३३ खेलबाट ७३ लिगको पहिलो स्थानमा रहेको छ ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्