30.1 C
Kathmandu

ब्रेकिङ समाचारमोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

१२ बैशाख २०७८
काठमाडौ
। पाको विर्तामोडमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नं.को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते उहाँको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्