16.1 C
Kathmandu

ब्रेकिङ समाचारबालुवाटारमा एमालेको आकस्मिक बैठक

बालुवाटारमा एमालेको आकस्मिक बैठक

१२ बैशाख २०७८
काठमाडौं
। नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दै छ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको नेता कर्णबहादुर थापाले बताए। उनका अनुसार हिजो शनिबार साँझ शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । छलफलपछि आज विहान १० बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बैठकको एजेण्डाबारे भने कुनै जानकारी नपठाएको उनको भनाइ छ । आकस्मिक बैठक भएकाले एजेण्डाबारे केही जानकारी आएको छैन । केही महत्वपूर्ण निर्णय लिनुपर्ने भएकोले बैठक बोलाइएको हुन सक्ने थापाको भनाई रहेको छ ।

शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्