23.1 C
Kathmandu

ब्रेकिङ समाचारबौद्ध तेमाल जात्रा सम्बन्धि बैठक सम्पन्न, तेमाल जात्रामा के गर्न पाउने,के गर्न...

बौद्ध तेमाल जात्रा सम्बन्धि बैठक सम्पन्न, तेमाल जात्रामा के गर्न पाउने,के गर्न नपाउने !

९ बैशाख २०७८
काठमाडौ
। प्रत्येक वर्ष चैत पुर्णिामाको अघिल्लो दिन बौद्धमा लाग्ने मेला सम्बन्धि कोरोना भाइरसका कारण के कसरी व्यबस्थापन गर्ने भन्ने बिषयमा बौद्ध नाथ क्षेत्र विकास समितिको बैठक सम्पन्न भएको छ ।

बौद्ध तेमाल जात्रा सम्बन्धि बैठक सुचना सहित आग्रह गर्दै प्रत्येक वर्ष चैत पुर्णिामाको अघिल्लो दिन बौद्धमा पृतृहरुको मोक्षा प्रप्तिको निम्ति मृतक आत्मको,चीर शान्तिको कामना गर्दै बौद्धको सबैभन्दा माथिल्लो १०८ खोपा भएको स्थानमा नाङ्सल बत्ती बल्ने परम्परागत ऐतिहासिक साँस्कृतिक एवम् धार्मिक रुपले मनाउँदै आएका छन् ।

बौद्ध तेमाल जात्रा सम्बन्धि बैठक बौद्ध तेमाल जात्रा व्यवस्थापन समितिको बैठक कक्षमा–मा सम्पन्न भएको छ । महानगरीय प्रहरी बृत्त बौद्ध, सामुदायिक प्रहरी बौद्ध तथा सामुदायिक सेवा समिति बौद्ध, तामाङ कल्याण गुठी, ओम् सुखदुःख गुठी बौद्ध, महानगरीय ट्रफिक कार्यलय, सितोरियो कराँते डो. बौद्ध, छोर्ङान महिला समाज, एकल महिला समाज लगायतका सदस्य संस्थाका प्रतिनिधिहरुको समुपस्थितिमिा तेमाल जात्रा के कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बिषयमा आवश्यक छलफलका साथ सम्पन्न भएको छ।

बैठकले नेपाल सरकारको सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यलयसंग आवश्यक सर सल्लाह लिईने सकभर जात्रामा सहभागी नभई जो जहाँ रहनु भएको छ आफ्नै स्थानमा बसेर पूजापाठ गरि मनाउन बैठकले सम्पूर्ण जात्रा प्रेमी तिर्थालु, श्रद्धालु भक्तजनहरु प्रति आव्हान गरेका छन्।

जात्रामा सहभागी महानुभावहरुले समाजिक दूरी कायम गरि, माक्स अनिवार्य लगाउन व्यक्तिगत आवश्यक सुरक्षा अपनाउन, व्यवस्थापन समितिको नियमपालन गर्न, अनावश्यक भीडभाड नगर्न, बत्ती बाल्ने पूजापाठ सकिने बित्तिकै आ–आफ्नो गन्तव्यमा लाग्नका साथै टिकटक बनाउन निषेधित क्षेत्र समेत घोषणा गरेका छन् । भिडभाड् गरी उभिएर नबस्न बैठकले सुचना समेत जारी गरेका छन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्