17.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाली आकाशमा आज उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने

नेपाली आकाशमा आज उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने

९ बैशाख २०७८
काठमाडौ
। मौसमले साथ दिए बिहीबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने भएको छ । वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

बिहीबार राति ११ बजेदेखि शुक्रबार बिहान सूर्योदयसम्मको समयमा यो वर्षा उच्च देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

अत्यधिक सक्रियताका समयमा प्रतिघण्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ । ‘थ्याचर’ नामक पुच्छ्रेताराले छाडेका धुलोका कण पृथ्वीको वायुमण्डलमा घर्षण भइ जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छ्रेताराले सूर्यको एक परिक्रमा गर्न ४ सय १५ वर्ष लगाउँछ ।

पुच्छ्रेतारा वा धुमकेतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलोका कण छाड्ने गर्छन् । जुन लाखौँलाख किलोमिटरसम्म फैलन सक्छ। यसरी फैलिएका धुलोका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धुलोका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ ।

यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्