17.1 C
Kathmandu

ब्रेकिङ समाचारओली र नेपालले सँगै नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै

ओली र नेपालले सँगै नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै

९ बैशाख २०७८
काठमाडौ
। नेकपा एमालेभित्रको विवाद मिलाउन दुई दिनयता छलफलमा जुटेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको पछिल्लो तस्बिर सार्वजनिक भएको छ । सार्वजनिक तस्विरअनुसार ओली र नेपालले सँगै नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै गरेको देखिन्छ ।

दुबै नेताले वार्ता स्थल होटल मेरियटबाट धराहराको दृश्यावलोकन गरेको तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।


‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा कमलपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै’, थापाले दुई नेताको फोटोसहितको ट्वीटमा भनेका छन् । एमालेभित्रको विवाद फुटउन्मुख भएको बेला दुई नेताबीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्