30.1 C
Kathmandu

ब्रेकिङ समाचाररचना रिमाल र राज सर्गमको आधुनिक गीत “अर्को जुनि होला नहोला” सार्वजनिक...

रचना रिमाल र राज सर्गमको आधुनिक गीत “अर्को जुनि होला नहोला” सार्वजनिक गर्ने तयारी

९ बैशाख २०७८/छेडुप तामाङ
काठमाडौ
। चर्चित गायिका रचना रिमाल र राज सर्गमको संयुक्त आवाजमा रहेको आधुनिक गीत “अर्को जुनि होला नहोला” म्युजिक भिडियो सहित बजारमा सार्वजनिक गर्ने तयारी रहेको छ । भर्खरै मात्र रेकर्डिङ सम्पन्न भएको उक्त गीतमा शब्द अतित लामाको रहेको छ भने संगीत गायकद्धय राज सर्गमकै रहेको छ ।

“अर्को जुनि होला नहोला” मा राज सर्गमलाई सुमधुर स्वरकी धनी गायिका रचना रिमालले साथ दिएकी छिन् । रेकडिङको क्रममा नै चर्चा पाइसकेको यो गीतको अब छिट्टै नै छायांकनको तयारी रहेको कुरा राज सर्गमले नमोबुद्ध न्यूजलाई बताए ।

पहिलो पटक “तिम्रै नाउमा” बोलको गीतबाट आफ्ना सांगीतीक यात्रा तय गरेका गायक राज सर्गमले निरन्तर दर्जनौं आधुनिक हिट गीतहरु दर्शक श्रोताको लागी दिइसकेका छन् भने नेपाली चलचित्रमा समावेश भएका गीतहरुमा समेत आफ्नो आवाज भरिसकेका छन् ।

गाउँमा राजु नामले चिनिएका राज गायन क्षेत्रमा मात्र होइन, अफैं संगीत गर्ने र मोडलिङ क्षेत्रमा समेत पोख्त रहेका छन् । धेरै समयसम्म गृहकार्यका साथ तयार गरिएको यो गीत निश्चय नै दर्शक श्रोताले मन पराउनेछन् भन्ने कुरामा आश्वस्त व्यक्त गर्छन गायकद्धय राज सर्गम ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्