24.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलको सम्मेलन र प्रशिक्षण कार्यक्रम स्थगित

नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलको सम्मेलन र प्रशिक्षण कार्यक्रम स्थगित

८ बैशाख २०७८
काठमाडौ
। नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ । नेपाल तरुण दल केन्द्रीय समितिले गण्डकी प्रदेश र प्रदेश २ बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु राखेको थियो ।

तीव्र गतिमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसको महामारीका कारण गण्डकी प्रदेशको पोखरा (२०७८ बैशाख १२ र १३ ), प्रदेश २ को बारा (२०७८ जेठ १ र २) लगायत देशका सम्पूर्ण प्रदेशहरूमा गर्न लागिएको बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु हाललाई घोषित मितिमा नहुने गरी स्थगित गरिएको अध्यक्ष जीतजंग बस्नेतद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोनाको प्रकोप नियन्त्रणमा आइ सामाजिक वातावरण सहज भएपछि दलको केन्द्रीय समितिले पुनः नयाँ मिति तोकी कार्यक्रम सार्वजनिक गरिने बस्नेतले जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्