७ बैशाख २०७८
काठमाडौं । कटुवा पेस्तोल बोकेर सुसुराली आएका एक व्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोसी गाउँपालिका–४ जुद्धगन्जमा रहेको ससुराली घरमा पेस्तोलसहित आएका सप्तरी कन्चनरुप नगरपालिकाका–१ का जमाल भन्ने तालिम मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो ।
अवैध हतियारसहित ससुराली आएका मन्सुरीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए । मन्सुरीको साथबाट एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामत गरेको उनले जानकारी दिएका छन् ।
मन्सुरी अवैध हातहतियारको कारोवारमा संलग्न व्यक्ति भएको बताइएको छ । मन्सुरीले भारतको विहारबाट हतियार खरिद गरी नेपाल भित्राउने गरेको प्रहरी श्रोतले जनाएको छ ।
मन्सुरीविरुद्ध हातहतियार खरखजनाअन्र्तगत मुद्धा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको एसपी थापाले बताए । अन्सारीलाई पक्राउ गरेपछि अन्य हतियार कारोवारीहरुको समेत खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।