19.1 C
Kathmandu

अन्तर्राष्ट्रियदिल्लीमा फेरी लकडाउन, घर फर्कन थाले आप्रवासी कामदारहरु

दिल्लीमा फेरी लकडाउन, घर फर्कन थाले आप्रवासी कामदारहरु

७ बैशाख २०७८
काठमाडौ
। महामारीको रुमा फैलीएको कोरोना भाइरस संक्रमणको बढ्दो समस्यालाई ध्यानमा राखेर दिल्लीमा एक साताका लागि पुनःलकडाउन घोषणा गरिएको छ । यससँगै आप्रवासी कामदारहरु घर फर्किने क्रम सुरु भएको छ ।

सोमबार दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले एक साता लामो लकडाउन घोषणा गरे लगत्तै प्रवासी श्रमिकहरु सामान बोकेर घर फर्कन थालेका हुन् । यसरी कामदारहरु घर फर्किने क्रम बढे संगै बस स्टेशनहरुमा भिडभाड बढ्न थालेका छन् । गत वर्ष पनि लकडाउनपछि यसरी नै प्रवासीहरू आ–आफ्ना घर फर्किएका थिए । त्यस समय सवारी साधन नपाउँदा कतिपय कामदारहरूले सयौं किलोमिटर यात्रा हिँडेरै गरेका थिए ।

लकडाउनले काम खोसिएपछि एकातर्फ कोरोनाको त्रास र अर्कोतर्फ रोजीरोटीको चिन्ताले उनीहरुलाई सताएको छ । दिल्लीमा सोमबार २३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको थियो भने २ सय ४० जनाभन्दा धेरैले ज्यान गुमाएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्