23.1 C
Kathmandu

अन्तर्राष्ट्रियकोरोना संक्रमितको संख्या बढेपछि ओसाकाले टोकियो संगै आपतकाल घोषणाको अनुरोध गर्ने

कोरोना संक्रमितको संख्या बढेपछि ओसाकाले टोकियो संगै आपतकाल घोषणाको अनुरोध गर्ने

20 April 2021/Kunga Woeser Tamang
Japan🇯🇵 | ओसाका प्रिफेक्चरका गर्भनर हिरोमी योशीमुराले सोमबार केन्द्रिय सरकारलाई कोरोना भाईरस संक्रमितको संख्या बढेसंगै नयॅंा आपतकालिन अबस्था घोषणा गर्न आग्रह गर्ने बताएका छन्।
मंगलबार बस्ने प्रान्त सरकारको टाक्स फोर्स बैठकमा आपतकाल घोषणाको अनुरोध निर्णय गरिेने भएको छ। पश्चिमी प्रान्ता ओसाकामा आईतबार १२२० नयॅंा कोरोना भाईरस संक्रमित पुष्टि गरिएको थियो।
सोमबार बिहान बैठकपछि गर्भनर योशिमुराले भने कि “प्रिफेक्चरमा नयां कोरोना भाईरस संक्रमणको द्रूत फैलावटले चिकित्सा प्रणाली लगायत कडा दबाबमा परेको छ। यसले गर्दा कडा कदम चाल्नु आवश्यक छ र यसको एकमात्र बिकल्प आपतकाल बनेको छ।”
योशुमुराले १९ तारिख बिहान पत्राकारहरूलाई भने प्रचार प्रसार जस्ता प्रथामिकताका उपायहरू लागू भएको आज दुई हप्ता बितिसकेको छ, तर जस्तै गम्भिर अवस्था भने जारी छ ,संक्रमित ब्यक्तिको संख्यामा बृद्धि हिजो उच्च तर्फ गएको छ। चिकित्सा सेवा प्रधान अत्यन्त गार्हो अबस्थमा छ।
यसको साथै गर्भनर योशीमुराले भने”यस गम्भिर अवस्थालाई ध्यानमा राख्दै हामीले निर्णय गरिसकेका छौ कि सरकारलाई आपतकालिन अबस्था जारी गर्न अनुरोध गर्दछौ। हामी आज मंगलबार काउन्टर मेजर्स बैठक बस्ने छौ र औपचारिक निर्णय लिनेछौ।”
योशिमुराले बर्तमान परिस्थितिमा मानिसहरूको आवागमन रोक्न अझ कडा कदमहरू चाल्ने बताउदै उत्परिवर्ती भाईरसलाई जबाफ दिन सम्पूर्ण शहरमा आवागमन अस्थायी रूपमा रोकिनु पर्ने बताएका छन। यदि आपतकाल घोषणा जारी गरियो भने प्रिफेक्चर भित्र मानिसबीच सम्पर्कको सम्भावना कम गर्न कडा कदम चाल्ने योशीमुराले बताएका छन।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्