17.1 C
Kathmandu

ब्रेकिङ समाचारदोर्जे डन ब्याक अगेनको बिशेष प्रदर्शन संगै म्हाला आङा सार्बजनिक

दोर्जे डन ब्याक अगेनको बिशेष प्रदर्शन संगै म्हाला आङा सार्बजनिक

५ बैशाख २०७८/छेडुप तामाङ
काठमाडौं
। दुई बर्ष लामो समयदेखी प्रदर्शनको लागी तयारी अवस्थामा रहेको तामाङ चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ शनिबार काठमाडौं स्थित एक बिशेष कार्यक्रमका बिच बिशेष प्रदर्शन भएको छ । भगावती मोक्तानद्धारा निर्माण गरिएको उक्त चलचित्र सक्सेस फिल्मस्को ब्यानरमा बनेको हो ।

माया, प्रेम, एक्शन तथा अन्य समसामयीक बिशयबस्तुहरुलाई समाबेश गरि निर्माण गरिएको ‘दोर्जे डन ब्याक अगेन’ शनिबार राष्टिय नाचघर जमलमा रोशी गाउंपालिकाका प्रमुख डि.बी लामा मोक्तानको प्रमुख आतिथ्यता र तामाङ समुदायको बरिष्ठ गायक एवम् संगीतकार चन्द्र कुमार दोङको बिशेष आतिथ्यतामा सम्पन्न एक समारोहाका बीच प्रदर्शन गरिएका थिए । कार्यक्रममा तामाङ समुदायका बिभिन्न कलाकारहरुको बाक्ले उपस्थिति रहेका थिए भने कोरोनाको डरको बाबजुत पनि तामाङ चलचित्रलाई माया गर्ने दर्शकहरुको समेत कमी थिएन ।

प्राबिधिक त्रुटिका कारण तोकीएको समयभन्दा धेरै पछि कार्यक्रम शुरु भएता पनि निक्कै नै धैर्यताका साथ दर्शकहरुले अन्तिम समय सम्म पनि हल छोडेनन् । पछिल्ला केही बर्ष यत्ता तामाङ चलचित्र कमै मात्र प्रदर्शन भएको यो बीचको समयमा ‘दोर्जे डन ब्याक अगेन’ले दर्शकहरुको तामाङ चलचित्र प्रतिको मोह र प्यास धित मर्ने गरि मेटाए । यसो त तामाङ चलचित्र संघका उपाध्यक्ष समेत रहेका चर्चित नायक कुमार मोक्तान संगको चलचित्र क्षेत्रमा जोडीको रुपमा स्थापीत सिता थिङ्को निर्देशन र जीबन्त अभिनयलाई हलमा उपस्थित दर्शकले अत्याधिक मात्रामा रुचाइएका पायौं ।

अर्जुन लामा ओट्ठ्याक र हांस्य कलाकारको रुपमा क्यालो नामले परिचित गोकुल तामाङको अभिनयले हलमा उपस्थित दर्शकहरुले हांसो थाम्न सकेनन् भने कुमार मोक्तान्, सुजिना गोले बिच को आमा छोराको माया र नायीका पुसनल लामा ले नायक कुमार मोक्तानलाई गरेकोे एकतर्फी मायामा पछिल्ला समय कुमार मोक्तानले मायामा गरेको त्याग लगायतका केही दृश्यहरु हेरेर हलमा उपस्थित दर्शकहरु कमैले मात्र आंशु थाम्न सके होलान् ।

पछिल्ला समयमा कोभिडका कारण हल सम्म चलचित्र हेर्नका लागी दर्शकहरु आउंलान या नआउंलान भनि कत्ति पयको ठम्याए रहेता पनि समुदायमा तामाङ चलचित्रलाई माया गर्ने दर्शकहरुको कमी भने देखिएन ।

दोर्जेडन ब्याक अगेनको प्रदर्शन संगै नायक कुमार मोक्तान र नायीका सिता थिङ अभिनित तामाङ गीत ‘म्हाला आङा’को म्युजिक भिडियो पनि सार्वजनिक गरेका थिए । भिडियोमा नायक कुमार मोक्तान र सिता थिङको नृत्य संगै क्यालो अर्थात गोकुल तामाङको अभिनय र संवात हेरेर निक्कै नै मनोरन्जन लिएका थिए ।

सिंग मोक्तानको शब्द रचनामा बिशाल काल्तानले संगीत गरेको यस गीतमा जीतु लोप्चन र युनिक दोङको स्वर रहेको छ । प्रतिक न्यासुरको निर्देशन तथा कोरियो ग्राफीमा बनेको यस गीतको भिडियो छायंकन तथा सम्पादन सुर्य लामाले गरेका छन् ।

https://youtu.be/WPuYb-XCPuI

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्