५ बैशाख २९७८/ दिपक तामाङ(जापान)
जापान । पछिल्लो समय तामाङ समुदायमा गीत संगीतको मोह बढेसंगै बजारमा मायाप्रेम सम्बन्धी गीतको माहोल बढिरहेको छ।
यसै क्रममा सागर मोक्तन र रजनी गुरुङ अभिनित “सिल्बा सिल्बा” बोलको तामाङ प्रेमगीत सार्बजनिक भएको छ।
केही समय अघिदेखी मात्र तामाङ कलाकारिता क्षेत्रमा लागेका सागर मोक्तान तामाङ समुदायको भाषा र संस्कार जगेर्ना गर्ने उदेश्य र आफ्नो कलाकारिता क्षेत्रबाट तामाङ समुदायका लागि केही गर्छु भनेर अगाडि लागि परेका कुरा बताएका छन् । मोक्तानलाई साथ दिन नेपाली चलचित्र क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल नायिका रजनी गुरूङ अर्थात मङ्गली नामले परिचित गुरूङले साथ दिएकी छिन ।
तामाङ समुदायको चर्चित गायक तथा संगीतकार बिशाल काल्तन को शब्द संगीतमा रहेको “सिल्बा सिल्बा” तामाङ गीतमा काल्तन आफ्नै स्वर रहेको छ भने गयिका जितु लोप्चनले साथ दिएकी छिन। काल्तन तामाङ समुदायको कमरसियल गायकको रूपमा परिचित एक गायक हुन, उनको गीत कल्चरल भन्दा कमरसियल नै धेरै आउने गर्दछन् ।
चांद सिङको एरेन्ज र दिपेश प्रधानको मिक्सिङ रहेको उक्त गीतमा जेनेरिक रेकर्डिङ स्टुडियो मा रेकर्ड गरिएको हो।
नायक अमिर दोङको निर्देशनमा रहेको गीतको भिडियो अजय रेग्मीले छांयाङ्कन गरेका हुन भने उक्त गीतको भिडियोलाई “दुच्छे म्युजिक क्रिएसन” युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ।
[url=https://newfasttadalafil.com/]Cialis[/url] Ahihkj Cialis 20 Mg Opiniones cialis lilly canada Pnjrvq Cialis https://newfasttadalafil.com/ – Cialis levitra over the counter Yuolbr