नायक अमिर दोङ दिनानुदिन माया प्रेममा फसिदै(भिडियो सहित)

बैशाख ०५, २०७८


5 Baisakh 2078/Dipak Tamang

Japan-नायक अमिर दोङ अभिनित “ङाला माया”गीतको भिडियो सार्बजनिक गरिएको छ
नायक अमिर दोङको निर्देशन रहेको यस गीतमा दोङ आफैं ले अभिनय गरेका छन भने दोङलाई निर्मला तामाङले साथ दिएकी छिन साथमा हिरा तामाङ र पुष्पा स्याङतान पनि रहेका छन। नायक दोङको बिभिन्न निर्देशनहरू मध्येमा यो गीतमा छुटै किसिमको निर्देशन रहेको छ।
यस गीतको भिडियो अनुसार नायक दोङ दिनानुदिन प्रेममा फसेको, प्रेमबाट धोको पाएको र भाग्यमा जत्ति छ त्यति मात्र प्राप्त हुन्छ भन्ने कुरा भिडियोबाट प्रष्ट पार्न खोजिएको छ।
प्रकाश तितुङको शब्द ,संगीत रहेको उक्त गीतमा तितुङ आफैको स्वर रहेको छ भने गायिका सुमिना लो ले साथ दिएकी छिन।आगा लामाको एरेन्ज रहेको गीतमा दिपेश प्रधानको मिक्सिङ रहेको छ ।सरगम स्टुडियोबाट उक्त गीत रेकर्ड गरिएको हो भने,
भिडियोको छायांङ्कन भने सुमन तामाङले गरेका छन।
गीतको भिडियो भने “डम्फू मिडिया अफिसियल” बाट सार्बजनिक गरिएको छ।