27.1 C
Kathmandu

ब्रेकिङ समाचारनिजगढ गुम्बा निर्माण विवाद अदालतसम्म पुग्नुको कारण यस्तो, खुल्यो सनसनीपुर्ण खुलासा

निजगढ गुम्बा निर्माण विवाद अदालतसम्म पुग्नुको कारण यस्तो, खुल्यो सनसनीपुर्ण खुलासा

२९ चैत्र २०७७

काठमाडौ। बारा जील्लाको निजगढ नगरपालिका वडा नं। १२ बुङ्जोरमा गुम्बा विवादले चरम रुप लिएको छ । निजगडमा ‘सङ्घ राब्तेन लिङ बौद्घ गुम्बा’ विवादको कारणले निर्माण हुन नसकेको करिब दुई वर्ष भएको- छ । अन्तत गुम्बा निर्माण संग सम्बन्धित बिवाद अदालत सामु पुगेको छ ।

गुम्बा निर्माण समितिका अध्यक्ष विर बहादुर थिङका अनुसार सम्पुर्ण वडावासीहरुको सहमतीमा निर्माण हुन लागेको गुम्बा केही व्यक्तिको स्वार्थका कारणले निर्माण हुन नसकेको बताएका छन् ।

२०७५ साल मंसिर २१ गते गाउँका , समाजसेवी, संपुर्ण गाउँबासीहरुको संयुक्त बृहद भेलाले सोही वडामा भोगचलन गर्दै आईरहेको पुर्ण बहादुर स्याङ्तानको कित्ता नं १०९ को करीब ५ कट्ठा जग्गामा बौद्ध धर्मावलम्बी हरुको धार्मिक स्थल बौद्ध गुम्बा बनाउने निर्णय गरेको थियो ।

सोही भेलाले गुम्बा निर्माण कार्यका लागि वडा र नगरपालिकाबाट स्वीकृति लिने निर्णय अनुसार त्यस स्थानमा गुम्बा निर्माणको कार्य थलानी गरेका थिए ।स्थानीय बुद्घीजीवि तथा साबिक बुङजोर ५ का वडाअध्यक्ष बेद बहादुर थिङ, हरि बहादुर स्याङतन, निर बहादुर थिङको अग्रभुमिकामा गुम्बा निर्माणका लागि विशेष पहल भएको थियो र मंसिर २५ गतेको पहिलो भेलामा उहाँहरु विशेष सल्लाहाकार रहने गरी करिब ८१ जनाको उपस्थितिमा विर बहादरु थिङको अध्यक्षतामा ७ सदस्य गुम्बा निर्माण समिति गठन गरेका थिए।

करिब एक वर्षको अन्तरालमा पुर्ण बहादुर स्याङनले दान गरि दिएको जग्गामा गुम्बा निर्माणका लागि जग्गा सम्याउने र जग्गा सम्म पुग्ने मोटर बाटो बनाउने
कार्य अगाडी बढी सकिसकेको देखिएको छ । यसरी “सङ्घ राब्तेन लिङ बौद्घ गुम्बा” निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको थियो । गाउँलेको माग अनुसार नै निजगढ नगरपालिकाले ०७६÷०७७ को आर्थिक बजेटबाट रु।५ लाख बजे छुट्टाएको कागज पत्र नमोबुद्ध न्युजलाई प्राप्त भएको छ । तर गुम्बा निर्माणका लागि पहल गरेका प्रमुख सल्लाहकार तथा पूर्व साविक गाविसको वडाध्यक्ष बेद बहादुर थिङले उक्त स्थानमा “सङ्घ राब्तेन लिङ बौद्घ गुम्बा” निर्माणको सट्टा बोदिसत्व धर्मको ९मैत्री मंगलम० गुम्बा निर्माण गर्ने भनेर भाँजो थप्ने कार्य शुरु भएपछि गुम्बा निर्माण कार्य विवाद शुरु भएको देखिन्छ ।

२०५५ सालमा सुकुम्बासी समस्या समाधान आयोग बारा जिल्लाले अब्यवस्थिति बसोबासी प्रयोजनका लागि मात्र उपलब्ध गराएको जग्गाधनी दर्ता प्रमाण वितरण गर्ने क्रममा पूर्ण बहादुर स्याङतनलाई एक्लौटी स्वामित्वमा रहने गरी प्रदान गरिएको जग्गामा गुम्बा निर्माण गर्न खोजिएको देखिए पनि गुम्बा निर्माण कार्य अगाडी बढेपछि नियोजित तरिकाले पूर्ण बहादुर स्याङतानको दाजु मानबादुर स्याङनको नाति विरमान स्याङतानले अंश दाबी गर्न आए पछि निर्माण कार्य अवरुद्घ भएको स्थानीयहरुले बताएका छन । ।

अंश दाबी गर्न आएको विरमान स्याङतनको बाजे मान बहादुर स्याङतन श्रीमती सुकुमाया स्याङतनसँगै मकवानपुरको बगया भन्ने स्थानमा २०४८/०४९ सालमा बसाईसरी गएको स्थानीयहरुको दाबी रहेका छन् । हाल पनि विरमान स्याङतन र मान बहादुर स्याङतनको सपरिवार मकवानपुरको बगयामा नै बस्दै आएको पुष्टि भएको छ ।

यसरी सुकुम्बासी आयोगले प्रदान गरेको जग्गामा पुर्जावाला भन्दा बाहिरको हकवाला हुन नसक्ने देखिएको हुनाले वडा र नगरपालिकाले बजेट विनियोजन गरेको वडाध्यक्ष ज्ञान बहादु गोलेले जानकारी दिएका छन् । प्रष्ट रुपमा सुकुम्वासी समस्या समाधान आयोगले दिएको पुर्जामा पुर्ण बहादुर स्याङतनको एक्लौटी स्वामित्वमा जग्गा रहेको हुनाले मान बहादुर स्याङतनको नाति विरमान स्याङतनले अंश दाबी गर्नका लागि कुनै प्रमाण नपुगेको वडाध्यक्षको दाबी रहेको छ ।

वडाध्यक्ष ज्ञान बहादुर गोलेको अनुसार पटक पटकको छलफलमा प्रमाण पु¥याएर मात्र मागदाबी गर्न आएमा गुम्बा निर्माण कार्य रोकिने जवाफ दिएपछि र नगरको न्यायिक समितिमा पनि छलफल गर्दा मागदाबीको प्रमाण नपुगेको हुनाले मान बहादुर स्याङतनको नाति विरमान स्याङतनले पेश गरेको निवेदन स्वीकृत नभएको हुंदा हाल सो बिवाद अदालत सामु पसगेर गुम्वा निर्माण कार्य रोकेको वडाध्यक्ष गोलेले स्वीकारेका छन् ।

वडा र न्यायिक समितिमा मुद्धा दर्ता गर्न नमानेपछि संवाद र छलफल द्वारा समस्याको समाधान गर्नुको सट्टा मुद्धा अदालतमा दर्ता गर्नुले पनि यो बिवाद जग्गा को मात्र नभई त्यस ठाउँमा बन्न लागेको बौद्ध गुम्बामा लक्षित रहेको गुम्बा निर्माण समिताका अध्यक्ष बिर बहादुर थिङले सारा खबरलाई बताएको छ ।

गुम्बा निर्माणका लागि दान दिएको जग्गामा कागजीरुपमा एक्लौटीरुपमा पुर्ण बहादुर स्याङतनको नै देखिएको हुनाले आर्थिक वर्ष ०७७/०७८ को नगरपरिषदको सभाबाट १० लाख बजेट बिनियोजन गरिएको बुझिएको छ । यसरी वडा र नगरपालिकाले वडाको सामाजिक, सांस्कृतिक, आर्थिक पक्ष र धार्मिक सस्कृतिको प्रबद्घनका लागि छुट्टाएको बजेट कार्यन्वयन गर्न नदिन विकास विरोधी ब्यक्तिहरु सलबलाएको स्पष्ट देखिन्छन् ।

गुम्बा निर्माणसंग नियोजित तरिकाले बनाईएो कृतिम बिवाद अदालतसम्म कसरि पुग्यो ?, अब गुम्बा बन्छ कि बन्दैनन् त ?, स्थानीय सरकारले यस बिवादलाई कसरी लिएको छ त ?, गुम्बा निर्माणमा बिवादको मुल कारण भने भिडियो सहित सार्वजनिक गर्ने तयारी रहेको छ ।

बाँकी अर्को अंशमा(भिडियो सहित)

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्