23.1 C
Kathmandu

ब्रेकिङ समाचारसेलो तथा सुगम संगीतमा समेत अतुलनीय योगदान दिएका योगिता मोक्तानको सम्झनामा स्मृति...

सेलो तथा सुगम संगीतमा समेत अतुलनीय योगदान दिएका योगिता मोक्तानको सम्झनामा स्मृति सभा सम्पन्न

२९ चैत्र २०७७
काठमाडौ
। तामाङ गीतसंगीतको साथै नेपाली सुगम गीतसंगीत जगतमा समेत अतुलनीय योगदान दिएकी स्वर्गीय गायिका योगिता मोक्तानको सम्झनामा शनिबार काठमाडौमा स्मृति सभा सम्पन्न भएको छ ।

ताम्सालिङ टिभी र नेपाल तामाङ कलाकार संघको संयुक्त आयोजनामा शनिबार बौद्ध स्थित याङ्रिमा हिल सिटी होटलमा बरिष्ठ गायक एवम् संगीतकार चन्द्र कुमार दोङको प्रमुख आतिथ्यता र अन्तरष्टिय तामाङ परिषदका उपाध्यक्ष टासी लामाको बिशेष आतिथ्यतामा स्व.गायीका योगिता मोक्तानको स्मृती सभा एवम् सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

ेनेपाल तामाङ घेदुङका अध्यक्ष सञ्जीव बाईबाको अध्यक्षतामा सम्मपन्न उक्त कार्यक्रममा स्व.योगिता मोक्तानको पारिवारीक सदस्यहरुको साथमा तामाङ समुदायका कालाकारहरु, सामाजीक व्यक्तित्वहरु अन्य व्यक्तित्वहरुको साथमा सञ्चारकर्मीहरुको उपस्थिति रहेका थिए ।

कार्यक्रममा उपस्थित सबैले स्व.योगिता मोक्तानको फोटोमा खादा ओडाएर सम्मान गरिनुका साथै मोक्तानको जिवनीमा आधारित ३० मिनेट लामो भिडियो देखाएकन थिए। सो भिडियो हेरेर उपस्थित सबैजसोको आंखा रसाएका थिए ।

योगिता मोक्तानलाई सेलो मात्र नभएर जनवादी गायीकारुपमा पनि चिन्ने गर्दछन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोक्तानको परिवारबाट ताम्सालिङ टिभीले मृत्यु भएको दश बर्ष पछि यसरि स्मृती तथा सम्मान कार्यक्रम गरेको धन्यावाद व्यक्त गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्