17.1 C
Kathmandu

खेलकुदउपाधि हात पार्न नजिकिदै बार्सिलोना

उपाधि हात पार्न नजिकिदै बार्सिलोना

२४ चैत्र २०७७/अर्जुन लामा

काठमाडौ | ओसमन डेम्बेलेले खेलको अन्त्यतिर उत्कृष्ट गोल गर्दै बार्सिलोनाले स्पेनी लिग ला-लिगामा आइतबार रियल भालाडोलिडलाई १–० ले हराएका थिए ।खेलको आठौं मिनेटमा रिएल भालाडोलिडको फरवार्ड केनान कोद्रोको उत्कृष्ट हेडर क्रस बारमा लागेर फर्किएपछि गोल हुन असफल भएका थिए |

यसै गरि खेलको चौधौं मिनेटमा लियोन मेस्सिको फ्री किक पनि गोल हुन असफल भएपछि बार्सिलोनाले खेल उत्कृष्ट बनाउन खोजेको थिए | खेलको ४५ मिनेटको थप समयमा पेड्रीको उत्कृष्ट प्रहार भालाडोलिडका गोल रक्षक जोड्री मासिपले बचाएका छ्न भने सोही बल खाम्बामा लागे सङ्गै पहिलो हाफ गोल रहित बराबर सकिएका थिए |

खेलको ७९ औ मिनेटमा मिड्फिल्डर ओस्कार प्लानोले डेम्बेलेलेलाई फल हानेपछि रेड्कार्ड पाएका थिए भने भालाडोलिड १० खेलाडीमा सिमित बनेको फाइदा उठाउदै रोनाल्ड आराउजोको पासलाई डेम्बेलेले ८९ मिनेटमा गोलमा परिणत गरे पछि खेल १-० मा साकिएको थिए |

स्पेनी लिग ला-लिगाका २९ खेलपछि बार्सिलोना दोस्रो स्थानमा रहेको छ |

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्