16.1 C
Kathmandu

ब्रेकिङ समाचार‘दोर्जे डन ब्याक अगेन’ बैशाख ४ गते राष्ट्रिय नाच घर जमलमा विशेष...

‘दोर्जे डन ब्याक अगेन’ बैशाख ४ गते राष्ट्रिय नाच घर जमलमा विशेष प्रदर्शन गर्ने तयारी

१९ चैत्र २०७७/ छेडुप तामाङ
काठमाडौ
| कोरोना भाइरस (कोभिड-१९) का कारण खुम्चिएको हरेक ब्यबसायहरु बिस्तारै तङ्गृए सङ्गै तामाङ चलचित्र बजारमा पनि चहलपहल शुरु भएको देखिन्छ ।
कोभिड पछि सहर-बजारको अवस्था सहज भएसङ्गै ‘सक्सेस फिल्म’को प्रस्तुतिमा भगवती मोक्तानको ‘दोर्जे डन ब्याक अगेन’ नामक तामाङ चलचित्र विशेष प्रदर्शन गर्ने मिति तय गरिएको छ ।
‘दोर्जे डन ब्याक अगेन’ मिति २०७८ साल बैशाख ४ गते दिउँसो १२ बजे काठमाडौ स्थित राष्ट्रिय नाच घर जमलमा विशेष प्रदर्शन गर्ने उक्त चलचित्रका नायक कुमार मोक्तानले सामाजिक सन्जाल फेसबुक मार्फत जनकारी दिएका छ्न ।
नायक कुमार मोक्तानले बताए अनुसार पोस्टर र चलचित्रको नाम झट्ट हेर्दा एक्सन प्रधान चलचित्र जस्तो लागेतापनी यस चलचित्रमा नेपालको सिमाङ्कन देखी लभस्टोरी सङ्गै गाउँ देखी शहर बजार सम्मको परिवेशलाई समेटेर यो पटक अलि फरक तवरले चलचित्र निर्माण भएको छ ।
यत्ती मात्र नभएर पछिल्लो समयताका तामाङ चलचित्र जगतमा दर्शकदिर्घाले अत्याधिक मात्रामा रुचाएका जोडिको रुपमा स्थापित भएका नायक कुमार मोक्तान र नायिका सीता लामा थिङको भने यस चलचित्रमा अलि पृथक रोल रहेको कुरा पोस्टर हेरेर पनि सहजै अनुमान लगाउन सकिन्छ ।
यस अघि धेरै तामाङ चलचित्रहरु निर्माण गरिसकेका भगवती मोक्तानले निर्माण गरेको ‘दोर्जे डन ब्याक अगेन’ मा नायिका सीता लामा थिङ नायिकाको रुपमा मात्र नभएर निर्देशकको रुपमा पनि स्थापित भएको छ । सीता लामा थिङले निर्देशन गरेको यस चलचित्रमा नायक कुमार मोक्तान, निर्देशकद्वय नायिका सीता लामा थिङ, नयिका पुजन लामा, नव नायिका सुजिना गोले, खलनायक बिकास स्याङ्तान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल लामा, चन्द्र लामा, गोर्खा घिसिङ, अरुण लामा लगायतका कलाकारहरु रहेका छ्न भने कथा र स्क्रीप्ट प्रकाश मोक्तानको रहेको छ ।
चलचित्र प्रदर्शन हुनु पुर्व नै ‘दोर्जे डन ब्यक अगेन’ भित्र समाबेश गरिएका ५ ओटा गीतहरु भने विभिन्न कार्यक्रमका बिच सार्बजनिक गरिसकेका छ्न । गीतहरु मध्य आमा, एला मिरी, कोइसे बिला क्युटी लगायतका गीतहरु छोटो समयमा नै धेरै दर्शकहरुको माया पाईसकेका गीतहरु हुन ।
‘दोर्जे डन ब्याक अगेन’ समग्रमा समयसान्दर्भिक घटनाक्रमहरुलाई कथाबस्तुमा समाबेश गरि बनाएको चलचित्र भएको हुँदा दर्शकहरुले मन पराउनेछन भन्ने कुरामा आफू ढुक्क रहेको कुरा चलचित्रका निर्माता भगवती मोक्तानले नमोबुद्ध न्युजलाई बताएकी छिन ।

https://youtu.be/QkW_fdr48Dw
https://youtu.be/Uta_psXRV94
https://youtu.be/OZ9RkwHtfeg
https://youtu.be/rkTjYUmdVNA

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्