23.1 C
Kathmandu

ब्रेकिङ समाचारमाओवादी स्थायी कमिटी बैठक बस्दै

माओवादी स्थायी कमिटी बैठक बस्दै

१९ चैत्र २०७७
काठमाडौ
। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि छलफल हुने बताए । श्रेष्ठले भने, ‘समर्थन फिर्ता विषयले नैतिक दबाब बढाएको छ । स्थायी कमिटी बैठक आज बस्दैछ । समर्थन फिर्ताबारे पनि बैठकमै छलफल हुन्छ । अहिले यत्ति भनौं ।’

फागुन २३ मा सर्वोच्च अदालतले गरेका नेकपा खारेजीको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि ओली सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ । काँग्रेस–जसपालगयतका दलसँगको छलफलपछि प्रचण्ड ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा रहेको बुझिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्