30.1 C
Kathmandu

ब्रेकिङ समाचाररेकिएको दोस्रो भक्तपुर सांस्कृतिक व्यापार मेला आजबाट सुरु हुँदै

रेकिएको दोस्रो भक्तपुर सांस्कृतिक व्यापार मेला आजबाट सुरु हुँदै

१८ चैत्र २०७७
काठमाडौ ।
‘हाम्रो अभियान खेलको सान, संस्कृति र समृद्धि भक्तपुरको पहिचान’ भन्ने मूल नाराका साथ आजबाट दोस्रो भक्तपुर सांस्कृतिक व्यापार मेला तथा फागु (पूर्णे) होली महोत्सव २०७७ सुरु हुँदै छ ।

महोत्सव ममता केन्द्र नेपालको आयोजनामा हुन लागेको हो ।
महोत्सवको उद्घाटन भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आज गर्ने आयोजकले जानकारी दिएको छ । महोत्सव आजबाट सुरु भई आगामी चैत्र २५ गतेसम्म हुने ममता केन्द्र नेपालका अध्यक्ष तथा महोत्सवको संयोजक सङ्गम लामाले जानकारी दिए ।
महोत्सवमा करिब २ करोडको व्यापार हुने आयोजकले अनुमान गरिएको छ । ‘हामीले करिब दुई करोडको व्यापार हुने अनुमान गरिएको छ । यो नेपालमा लकडाउन पछिको पहिलो महोत्सव हो ।’ अध्यक्ष लामाले भने ।

लामाका अनुसार मेलामा दैनिक उपभोग्य सामानहरू एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरेको मेलामा १०० वटा विभिन्न स्टलहरू रहनेछन् र साथै स्थानीय व्यापारीहरूको लागि १५ प्रतिशत छुटको व्यवस्था रहेको छ ।
स्टलहरूमा लत्ताकपडा, विभिन्न कम्पनीका स्टलहरू, खेलकुदका सामाग्री, दैनिक उपभोग्य सामाग्रीहरू उपलब्ध गराइने छ । साथै मनोरञ्जनका विभिन्न खेलहरू पनि समावेश हुने छन् । यस्तै स्थानीय एवं राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूबाट बेजोड प्रस्तुति पनि हुने संयोजक लामाले जानकारी दिए ।
भक्तपुर नगरपालिका–७ महेश्वरी खेल मैदानमा आयोजना हुन लागेको यो मेलामा कराँते प्रतियोगिता, भक्तपुर डान्स आइडल–२०७७ प्रतियोगिता तथा विभिन्न खेल विधाहरू समावेश गरिएको लामाले जानकारी दिए । २ लाख मानिसहरूले यस महोत्सवको अवलोकन गरिने अनुमान आयोजकको रहेको छ ।
काठमाडौँ उपत्यका लगायत काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लाबाट करिब २ लाख मानिसले महोत्सवको अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।
कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकार दुर्गेश थापा, शिव परियार, प्रीति आले, कमल खत्री, अर्जुन कौशल, विशाल थिन, सन्ध्या बुढा (काउली बुढी), रमेश भट्टराई, ज्योति मगर, रोज मोक्तान, कुमार सागर, मनीषा श्रेष्ठ, सुजल मधुकर्मी लगायतका कलाकारहरूको प्रस्तुती रहने छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्