17.1 C
Kathmandu

ब्रेकिङ समाचारपत्रकार महासंघको चुनावमा ३८ पदका लागि १६५ जनाक प्रतिस्पर्धा

पत्रकार महासंघको चुनावमा ३८ पदका लागि १६५ जनाक प्रतिस्पर्धा

१८ चैत्र २०७७
काठमाडौ
। नेपाल पत्रकार महासंघको चुनाव यही चैत २५ गतेको तय भएको छ । महासंघको चुनावमा विभिन्न ३८ पदका लागि १६५ जना पतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै पत्रकारले उम्मेदवारी दिएका छन् ।

दुईवटा गठबन्धन भए पनि अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल गरी चारजना रहेका छन् । यसअघि मनोनयन गरेका दीपक पाठकले भने उम्मेदवारी फिर्ता लिएका छन् ।यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन् । यसै पदमा उम्मेदवारी दर्ता गराएका ध्रुव लम्सालले भने फिर्ता लिएका छन् ।

महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकार,समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह रहेका छन् । महासचिवमा बालकृष्ण बस्नेत, रोशन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा छन् । यसै पदमा उम्मेदवारी दिएका राजेश मिश्रले भने फिर्ता लिएका छन् । खुला सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनाजाति सचिवमा ३ जना, सचिव ९मधेस०मा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषध्यक्षमा ६र६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै, प्रदेश १ सदस्यमा ६ जना, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र प्रतिष्ठान प्रदेशको सदस्यमा ७र७ जना, लुम्बिनी प्रदेश सदस्यमा १० जना, सुदूरपश्चिम सदस्यमा ५ जना उम्मेदवार छन् ।

उपत्यका प्रदेश सदस्यमा ८ जना, संस्थागत प्रदेश ९एशोसिएट०मा ५ जना, खुला सदस्यमा २७ जना, महिला सदस्य ९मधेसी०मा ३ जना, आदिवासी जनाजाति महिला सदस्यमा २ जना, खस(आर्य महिला सदस्यमा ६ जना, दलित महिला सदस्यमा ३ जना, दुईजना आदिवासी जनजाति सदस्य ९एक महिला अनिवार्य०का लागि ६ जना, दुईजना दलित सदस्य ९एक महिला अनिवार्य०का लागि ९ जना, दुईजना मधेशी सदस्य ९एक महिला अनिवार्य०का लागि ७ जना, अपाङ्गता सदस्यका लागि ४ जना, अल्पसंख्यक सदस्यका लागि २ जना प्रतिस्पर्धामा छन् । लेखा समिति संयोजक, खुला सदस्य र महिला सदस्यका लागि भने ३/३ जनाले उम्मेदवारी दिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्