27.1 C
Kathmandu

ब्रेकिङ समाचारब्ल्याङ्क चेक नलिने पक्षमा राजपा

ब्ल्याङ्क चेक नलिने पक्षमा राजपा

१७ चैत्र २०७७
काठमाडौं
। जपाका नेता महन्थ ठाकुरले मधेसका समस्या देशकै समस्या भएकाले त्यसतर्फ ध्यान दिन प्रमुख राजनीतिक दल र सरकारको ध्यानकर्षण गराएका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले सधैं चर्चामा रहने नागरिकता समस्या मधेसको मात्रै नभई देशकै समस्या भएको बताएका हुन् ।

त्यस्तै उनले आफुहरुले उठाएका मुद्दामा सरकार र दलहरुले बेवास्ता गरेको बताए । ‘हाम्रा मुद्दा छन्, समस्या छन् । सांसदहरु जेलमा छन्, तारिखमा छन् । मेयरमाथि मुद्दा चलेको छ’ ठाकुरले भने, ‘यस्तो अवस्थामा कसरी सरकारमा जानु रु’ उनले अहिले प्रमुख राजनीतिक दलहरु सरकार बनाउने र हटाउने खेलमा लागिरहेको र त्यसमा आफ्नो समर्थन खोजे पनि आफ्ना मुद्दामा कसैले विश्वास दिलाउन नसकेको बताए ।

‘हामीलाई सबैले सरकार बनाउन र आउन भनिरहनुभएको छ । हामीले प्रधानमन्त्रीसँग पनि कुरा गरेका छौ । तर अहिले प्रक्रिया अघि बढेको भन्ने खबर आएको छ । त्यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद छ’, ठाकुरको भनाई छ । त्यस्तै उनले काँग्रेस र माओवादी नेताले पनि मिलेर काम गरौ भनेपनि प्रस्ट नभनेको बताए । काँग्रेसका नेता र माओवादी अध्यक्ष प्रचण्डसँग पनि धेरै पटक कुरा भएपनि उधारो आश्वासन मात्रै पाएको उनले बताए ।

‘हामीले ब्ल्याङ्क चेक लिन्न भनेका छौं’ ठाकुरको भनाई छ । उनले प्रमुख तीन दल नै आपसमा नमिलेको भन्दै झगडा आफुहरुले नगरेको बताए । ‘हाम्रो झगडा होइन । नेपालको राजनीतिमा स्थिरता छैन । संसद चलिरहेको छ । शोक प्रस्ताव पास भएर सकिन्छ । यो प्रमुख राजनीतिक दलको झगडा हो’ नेता ठाकुरले प्रजातान्त्रिक दलसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्