17.1 C
Kathmandu

ब्रेकिङ समाचारतामाङ समुदायको नायिका सुस्मा मोक्तानलाई नगरपालिकामा जागिर पक्का ! करण यस्तो

तामाङ समुदायको नायिका सुस्मा मोक्तानलाई नगरपालिकामा जागिर पक्का ! करण यस्तो

१६ चैत्र २०७७/ छेडुप दोङ तामाङ
काठमाडौ | तामाङ समुदायको गीतसङ्गीत बजारमा पछिल्लो चरणमा दिनानुदिन नयाँ नयाँ गीतका म्युजिक भिडियोहरु सार्बजनिक गर्ने एक किसिमले होडबाजी नै चलिरहेको छ । यसै क्रममा नेपाली सेलो म्युजिक प्रोडकशनले बिलकुलै फरक किसिमको नयाँ तामाङ दोहोरी गीतको म्युजिक भिडियो सोमबार सार्बजनिक गरेका छन । बिजय लामा र अनु लामाको शब्द रचनामा चर्चित गायक गायक तथा सङ्गीतकार बिशाल काल्तानको सङ्गीतमा सङ्गितकारद्वय बिशाल काल्तान र सुमिना लो को सुमधुर आवाजमा रहेको तामाङ दोहोरी गीत छामेला गोईलो सोमबार एक कार्यक्रमका बिच सार्बजनिक गरिएको हो ।
तामाङ चलचित्र जगतमा निक्कै नै चर्चाको शिखरमा रहेका नायक तथा निर्देशक अमिर दोङको निर्देशन तथा अजय गोले र भिषण दोङको संयुक्त कोरियोग्राफिमा बनेको उक्त गीतको भिडियोमा नायक तथा निर्देशक अमिर दोङ र नायिक तथा मोडल सुष्मा मोक्तानको साथमा नब कलाकार रमेश लामा र बिना लोप्चाको अभिनयको साथम दम्दार नृत्य समेत हेर्न सकिनेछ । साथमा हास्यकलाकार कुईसाङ रुम्बा र पदम दोङको पनि अभिनय रहेको छ ।
बर्तमान परिबेशमा युवतिहरुले सडकसम्म लतारिएर लाएका ड्रेस र युवाहरुले फेसनको नाममा प्वालै प्वाल भएको ग्रन्ची स्टाईललाई समेत ब्यङ्गे हानेको बिषय बस्तुमा आधारित निक्कै नै ठट्यौली पाराको यो गीत सार्बजनिक हुनु पुर्व नै सामाजिक संजाल टिकटकमा अत्याधिक मात्रामा चर्चा कमाउन सफल भैसकेको छ ।
झट्ट हेर्दा कल्चरल जस्तो नदेखेता पनि कल्चरल पोषाकमा आएको बिकृतिलाई भने यो गितले धित मर्ने गरि ब्यङ्गे हान्ने जमर्को भने अवस्य गरेको देखिन्छ ।अझ यो गीतको म्युजिक भिडियोले दिन खोजेको सन्देशलाई हास्यकलाकार कुईसाङ रुम्बा र पदम लामा दोङ बिचको शुरुको संवाद र बिचबिचको अभिनयले अझ बढी प्रभाबकारी बनाएको देखिन्छ ।
नेपाल तामाङ कलाकार संघका संस्थापाक अध्यक्ष समेत रहेका बरिस्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङको प्रमुख आतिथ्यतामा सम्मन्न उक्त कार्यक्रमको अध्यक्षता भने डम्फु मिडियाका संचालाक, नायक एवम् निर्देशक अमिर दोङले गरेका थिए ।
तामाङ गीत संगीतको भिडियो सार्बजनिक कार्यक्रमहरु मध्य आजको कार्यक्रम अलि फरक तरिकाले संचालन भएको थियो । समय र परिस्थितिलाई मध्यनजर गर्दै आजको कार्यक्रममा पहिले पहिले झै घन्टौं सम्म अतिथी आसनग्रहण र मन्तब्य कार्यक्रम राख्ने क्रमलाई रोकेर आजको कार्यक्रमले थप उर्जा थपेको अनुभूति सबैके गरेका थिए ।
कार्यक्रमको एउटै मात्र बक्ताको रुपमा रहेका प्रमुख अतिथी बरिस्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङले पनि आजको कार्यक्रमको महत्वलाई बुझेर सार्नजनिक भएको भिडियो र अडियो पक्ष के कस्ता खालका रहेछन भन्ने बिषयबस्तु भित्र मात्र रहेर आफ्ना मन्तब्य राख्दै उक्त गीतको बारेमा समीक्षा गर्दै उचित किसिमका सल्लाह सुझाब समेत दिएका थिए ।
गीतको शुरुवातमा कुइसाङ रुम्बा र पदम लामा दोङ बिचको ब्यङ्गात्मक संवादमा नायीका तथा मोडल सुष्मा मोक्तान र नब मोडल बिना लोप्चानलाई नगरपालिकाले फोहोर बडार्ने काममा जागिर पक्का रहेको कुरा निक्कै नै हांस्यस्पद र ब्यङ्गात्मक रहेको छ ।
भिडियो Nepali Selo Music Youtube Channel मा हेर्न सकिनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्