22.1 C
Kathmandu

ब्रेकिङ समाचारनिरज लामाखोर अभिनित टिकटकमा चर्चामा रहेको गीत “लाहुरे सिकारी” सार्वजानिक(भिडियो सहित)

निरज लामाखोर अभिनित टिकटकमा चर्चामा रहेको गीत “लाहुरे सिकारी” सार्वजानिक(भिडियो सहित)

14 Chaitra 2077/Kunga Woeser Tamang
Japan – पछिल्लो समय सामाजिक सन्जाल टिकटकमा अत्यन्त चर्चामा रहेको तामाङ भाषाको गीत “लाहुरे सिकारी” काठमाण्डौं बौद्दस्थित एक कार्यक्रमका बीच सार्वजानिक गरिएको छ।

युबा ब्यबसायी छबिलाल बोम्जनको प्रस्तुतीमा बनेको “लाहुरे सिकारी” बोलको गीतमा छिङ्गै सुपारी, पूर्ब सिलिङलिङ जस्ता थुप्रै गीतमा अभिनय गरिसकेका निरज लामाखोर साथमा सायारा लामा ले अभिनय गरेका छन भने गीतमा कृष्ण ब्लोनको निर्देशन रहेको छ।
निर्देशक ब्लोनका अनुसार भिडियोमा आफुले पूर्ब तयारी गरेअनुसार भिडियो बनाउन नपाएकोमा दु:ख ब्यक्त गरेका छन नेपाली समाज अनुसार लाहुरे भन्ने बितिकै सेना प्रहरी भन्ने धारणा छ त्यसो भएको कारणले ब्लोनको तयारीमा अभिनित दुबै जनालाई सेना प्रहरी को पोसाकमा नचाउने कथा रहेकोमा पछिल्लो समय नेपालमा प्रहरी को पोसाक प्रयोग गरी भिडियो वा चलचित्र बनाउन नपाउने भएको हुदां भिडियोको कनसेप्ट परिवर्तन गर्नु परेको बताएका छन।
त्यसैगरी मोडल निरज लामाखोरले आफुसंग रहेको क्षमतालाई भरपुर देखाउन जमर्को गरेको कुरा ब्यक्त गर्दै भिडियोमा आफ्नो नृत्य र अभिनयले कत्तिको न्याय दिएछु भन्ने कुराको मुल्यङ्कन भने दर्शक स्रोतको हातमा रहेको कुरा ब्यक्त गरेका थिए ।
त्यस्तै मोडल सायारा लामाले भने आफूले मुख्य भुमिकामा भने पहिलो पटक गरेको कामलाई सबैजनाले हेरेर सल्लाह सुझाब दिन आग्रह गरेका थिए।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्