23.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानको मियागी प्रिफेक्चरमा शक्तिशाली भुकम्प पछि सुनामीको चेतावनी

जापानको मियागी प्रिफेक्चरमा शक्तिशाली भुकम्प पछि सुनामीको चेतावनी

21 March 2021/ Kunga Woeser Tamang
Japan | जापानको मियागी प्रिफेक्चरमा शक्तिशाली भुकम्पपछि सुनामी चेतावनी जारी गरिएको छ।
मियागी प्रिफेक्चर केन्द्रबिन्दु भएर जापानको समयअनुसार सांझ ६ बजेर ९ मिनेट जांदा ७.२ म्याग्निच्युटको भुकम्प गएको छ।जापानमा भुकम्प मापन सम्बन्धी संस्था मेटोरोलोजिकल एजेन्सीका अनुसार भुकम्प ६० किलोमिटर गहिराई केन्द्र भएर गएको हो। भुकम्पछि १ मिटरसम्म अग्लो सामुन्द्रिक छाल सहितको सुनामीको चेतावनी जारी गरिएको छ। मौसम अधिकारीहरूले मियागी प्रिफेक्चरको सामु्न्द्रिक किनारा आसपासका नागारिकहरूलाई तत्काल घर छाडेर अन्यत्र आग्लो स्थानमा जान निर्देशन दिएका छन। भुकम्पबाट दर्जनौ ब्यक्ति घाईते भएका बिबरण आईरहेको एनएचके समाचार संस्थाले समाचारमा उल्लेख गरेको छ यसैगरी भुकम्पपछि पुन यही मापन बराबरको पराकम्पन जान सक्ने सम्भावना रहेको भन्दै साबधानी अपनाउन अग्राह गरिएको छ
मियागी प्रिफेक्चर सहित फुकुशिमा प्रिफेक्चरका कयौं रेलसेवाहरू तत्काल बन्द घोषणा गरिएको छ सुरक्षा सेवा चेकजांचका लागि रेलसेवा बन्द गरिएको बताईएको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्