24.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा महिलाका लागि स्कुटर ड्राइभिङ तालिम

नमोबुद्धमा महिलाका लागि स्कुटर ड्राइभिङ तालिम

2Falgun 2077

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकामा महिलाहरुका लागि लक्षित गर्दै स्कुटर ड्राइभिङ तालिम सञ्चालन गरिएको छ । 
नमोबुद्ध नगरपालिकाको आयोजनामा आज सोमबारदेखि सुरु भएको तालिमको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका छन् । नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमममा नगर प्रमुख तिमल्सिनाले स्कुटर सिकेपछि लाइसेन्स प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने प्रतिवद्धता जनाए  । महिला सशक्तिकरणमा नमोबुद्ध नगरपालिका अग्रस्थानमा रहेको भन्दै उनले ११ वटा वडामै सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए । नगरपालिकाले महिलाका लागि लक्षित गर्दै सीपमुलक तालिम, लोकसेवा तयारी कक्षाहरु सञ्चालन गरेको जानकारी दिँदै उनले महिलालाई उद्यमी र आत्मनिर्भर बनाउन नगरपालिका क्रियाशिल रहेको बताए । 
कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगतमा पूर्वाधार निर्माणको काम अघि बढाइएकोमा अब सीप विकासमा नगरपालिकाले जोड दिएको बताइन् । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि प्रत्येक बर्ष महिला सशक्तिकरणको क्षेत्रमा बजेट वृद्धि गर्दै लगिएको उनको भनाई थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले महिला घरबाहिर महिलाको जति बढी संलग्नता हुन्छ त्यति धेरै क्षमताको विकास हुने बताए । सीप विकाससँगै महिलामाथि हुँदै आएको हेपाईमा कमी आउने पौडेलले बताए । नगरपालिकाले महिला सशक्तिकरणमा विशेष जोड दिएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लैजाने उनले बताए । 
तालिममा नगरपालिकाका महिला जनप्रतिनिधि र महिला संस्थाका प्रतिनिधिसहित ४२ जनाको सहभागिता रहेको छ । तालिम यही चैत १६ गतेसम्म सञ्चालन हुने नमोबुद्ध नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् । 

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्