23.1 C
Kathmandu

ब्रेकिङ समाचारसुदिन लामा दोङले महाबिनासकारी भूकम्पको बारेमा गीत सार्वजनिक गरे

सुदिन लामा दोङले महाबिनासकारी भूकम्पको बारेमा गीत सार्वजनिक गरे

२४ फागुन २०७७/अर्जुन तामाङ
काठमाडौ
। महाबिनासकारी भूकम्पबाट उठीबास लागेको ५ बर्ष पुग्न लागेको छ । २०७२ साल बैशाख १२ गते नेपालको बिभिन्न ठाउंलाई केन्द्र बिन्दु बनाएर गएको महाबिनासकारी भूकम्पका कारण धेरै नेपालीले ज्यान गुमाए, शारिरिक रुपमा धैरुै मान्छेहरु अंगभंग भए । धेरैले आफ्ना आफन्त गुमाए, धेरैको घर उजाड बनायो । समग्रमा भन्नु पर्दा भुकम्पका कारण के धनी के गरिब, के सानो के ठुलो कसैलाई छोडेन । एकाएक सबैलाई खुल्ला चौर र खेत बारीमा त्रिपाल मुनीको बास बनायो ।

लत्ताकपडा, अन्नपानी भूकम्पका कारण भत्किएको घर संगै पुरे पश्चात खान, लाउन र सुत्न समेत नपाउने गरी घरबास नै उठाएको त्यो क्षेणलाई सम्झनाको रुपमा गीतको माध्यम बाट प्रस्तुत गर्न खोजेको छ ‘चु ह्याुल ह्योजी संगुलसे’ बोलको गीतमा ।

झण्डै ८ लाख नागरिकले प्रत्यक्ष रुपपमा भोग्नुपरेको पीडा यति गहिरो छ कि हावाले रुख हल्लाउँदा समेत भूकम्पको त्रास सम्झिन्छन् । भूकम्पमा परि करिब ८ हजार ७ सय ९० जनाले ज्यान गुमाउनु परेको थियो भने झण्डै २२ हजार भन्दा बढी नागरिक घाइते भएका थिए । भौतिक संरचनामा भएको क्षति सँगै सामाजिक र मनोवैज्ञानिक असरले पनि प्रभावितलाई उत्तिकै पीडा अझै रहेको छ ।

यस्तै यस्तै घटनालाई बिषय बस्तु बनाएर गीत संगीतको माध्यमबाट प्रस्तुत गरेको छ सञ्चारकर्मी एवं सामाजिक अभियान्त सुदिन लामा दोङले । यस गीतको शब्द रचनाकार सुदिन दोङ रहेको छ भने संगीत बिशाल काल्तानको रहेको छ । संगीतकार तथा गायक बिशाल काल्तानको साथमा निर्मला घिसिङ, अजय लामा, पेमा लामा र सुदिन दोङ तामाङको मर्मस्पर्शी आवाज सुन्न सकिन्छ । चांद सिं को एरेन्ज रहेको यस गीतको मिक्सिङ मास्टर भने दिपेश प्रधान रहेको छ । गीतको अडियो भर्सन रेडियो कार्यक्रम छोर्वाला काई नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएकको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्