24.1 C
Kathmandu

ब्रेकिङ समाचारअनिल लामाको ‘शैलुङ्गे मेला’ले छोटो समयमै अत्याधिक दर्शकश्रोताको मन जित्न सफल

अनिल लामाको ‘शैलुङ्गे मेला’ले छोटो समयमै अत्याधिक दर्शकश्रोताको मन जित्न सफल

२० फागुन २०७७/छेडुप तामाङ
काठमाडौ
| अनिल लामाको शब्द सङ्गितमा लोकप्रिय गायक राजु लामाको स्वरमा सझिएको गित ‘शैलुङ्गे मेला’को म्युजिक भिडियो सार्बजनिक भएको चौथो दिन पनि पुरा नहुंदै अत्याधिक मात्रमा दर्शकश्रोताको मन जित्न सफल बनेको छ ।
केही दिन अगाडी मात्रै गितका सर्जक अनिल लामाको जन्मोत्सबको अवसर पारेर सार्बजनिक गरिएको उक्त गितको म्युजिक भिडियोमा गायक राजु लामा, एलिशा राई को साथम नब मोडल साजन मोक्तानको अभिनय रहेको शैलुङ्गे मेलाको म्युजिक भिडियोको निर्देशन सोनाम पाख्रीनले गरेका हुन ।
भिडियोको शुरुवात छोटो संवातबाट भएको देखिन्छ भने गायक राजु लामाको प्रेम कहानीको बारेमा बिस्तृत रुपमा देखाईएको छ । जसरी छोटो संवातबाट भिडियो शुरु भएको देखिन्छ त्यसै गरि भिडियोको अन्त पनि संवात बाटै भएको देखिन्छ ।
‘शैलुङ्गे मेला’को शब्द सङ्गीत र गायन पक्ष त त्यसै राम्रो रहेको छ भने भिडियोको शुरुवात र अन्तम जोडिएको संवातले गीतलाई सुनमाथी सुगन्ध थपिएको छ । भिडियोको अन्तमा जोडिएको संवातले जोकोहिको आँखामा आँशु अबस्य पनि रसाउनेछ ।

भिडियो हेरेर दर्शकश्रोताले दिएको प्रतिकृयामा अत्याधिकले गीत सङ्गै अन्तम जोडिएको संवातले सांच्चै नै मन छोएक र आँखा रसाएको कुर समेत ब्यक्त गरेको देख्न सकिनेछ । एउटा सफल अनि दर्शक्षृताको मन जित्न सक्ने म्युजिक भिडियो बन्नको लागि शब्द,सङ्गीत,स्वर देखि भिडियो निर्माणको लागि एक कुशल निर्देशक सङ्गै अभिनयमा जादु रहनु पर्ने कुरा समेत यश गीतले प्रमाणित गर्न खोजेको छ ।
हामीले यो समाचार संप्रेषण गरिन्जेल सम्म शैलुङ्गे मेला बोलको गित ५ लाख ९ सय जना भन्दा धेरैले हेरिसकेका छन । ३३ हजार भन्दा धेरैले लाईक बटम थिचेका छन भने १६ सय भन्दा धेरैले कमेन्ट गरेका छ्न । केही मात्रामा डिस्लाईक आएपनी थोरै पनि नकरात्मक कमेन्ट आएको देखिदैन । अधिकांसले राजु लामाको स्वर र अभिनय सङै भिडियोको अन्तमा जोडिएको संवातको वर्णन गरेर मन पराएको देखिन्छ्न भने गितका सर्ज अनिल लामाको आफ्नै फ्यान फलओअर्स लगायतका दर्शकदिर्घले शब्द सङ्गीतको पक्षलाई पनि वर्णन गरेको देख्न सकिन्छ । नब मोडल साजन मोक्तानको साथी सर्कलबाट पनि अभिनयको खुलेर वर्णन गरेको देखिन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्