28.1 C
Kathmandu

अर्थतन्त्रसहकारीसँग बाझिएका ऐन, कानुन संशोधन हुने : मन्त्री प्रेमबहादुर आले

सहकारीसँग बाझिएका ऐन, कानुन संशोधन हुने : मन्त्री प्रेमबहादुर आले

१७ फागुन २०७७/Chhedup Tamang
काठमाडौं
|अब सहकारीसँग बाझिएका ऐन, कानुन संशोधन हुने भएको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले एक कार्यक्रमका बिच सो कुरा बताएको हो ।
सहकारीमार्फत व्यवसाय गर्न विभिन्न ऐन बाधक देखिएको हुनाले अबका दिनमा सरकारले ती सबै बाधाहरु फुकाउंदै सहकारिलाई हरेक ब्यबसाय गर्न सहज मिल्ने गरि कानुन संशोधन गर्ने कुरा बताएका हुन ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा सम्पन्न भएको ‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्ने क्रमम मन्त्री आलेले सहकारीसँग बाझिएका ४७ वटा ऐन संशोधन गर्न सरकार तयार रहेको कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै मन्त्रीले भने “संमृद्व नेपाल, सुखी नेपाली अभियान सार्थक बनाउन सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारले सहकारीलाई प्राथमिकतामा राखेको हो । अब सहकारीलाई व्यवसाय गर्न बाधा अड्चन हुने छैन”। उहाँले भन्नुभयो, “समस्या समाधान गर्नतर्फ अब सरकार अघि बढ्छ । सहकारीमार्फत उद्योग, शिक्षा तथा विकास निर्माण गर्न आवश्यक नीतिगत व्यवस्था तत्काल गरिने छ ।”

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्