19.1 C
Kathmandu

ब्रेकिङ समाचारराष्ट्रिय शक्ति नेपालको क्षेत्रीय भेला काठमाण्डौमा सम्पन्न

राष्ट्रिय शक्ति नेपालको क्षेत्रीय भेला काठमाण्डौमा सम्पन्न

५ फागुन २०७७
काठमाडौ
। बालाजु को सिंगस् पार्टी भेन्युमा एक कार्यक्रम गर्दै राष्ट्रिय शक्ति नेपालले काठमाण्डौ निर्वाचन क्षेत्र नं.७ को क्षेत्रीय भेला सम्पन्न गरेको छ।

भेलालाई संबोधन गर्दै राष्ट्रिय शक्ति नेपालका अध्यक्ष पुर्वमन्त्री केशर बहादुर बिष्टले २०४६ सालको जनाअन्दोलन देखि आजसम्मको स्थितिलाई सहि ढंगले नेपाली हरुले मुल्याङ्कन गर्नेहो भने सबैभन्दा बेईमान र अबसरवादी नेपाली काँग्रेस र नेकपा(एमाले)ठहर्ने बताएका छन् ।

२०४७ सालमा संसारकै सबैभन्दा उत्तम संबिधान लेखेको भन्दै कुर्लने यि दुई पार्टीले सत्ता र सम्पतीको लागी आफैलाई समेत धोका दिएर आफैले आतंककारी घोषणा गरेको माओवादी संग मिल्नगई राजसंस्ठा र आम जनतालाई धोका दिएको उनको भनाई छ।

राजा, काँग्रेस र वाम सहमतीमा लेखिएको संबिधान लाई २० बर्ष पनि टिक्न नदिएर च्यात्नेअधिकार यिनिहरुलाई जनताले दिएको नभई उत्तर र दक्षिण बाट आएको दवाब हो भन्ने कुरा आम जनतालाई प्रष्ट भएको पनि उनले बताएका छन्।

काठमाण्डौ क्षेत्र नं.७ का शभापति देबेन्द्र महर्जन को शभापतीत्व र राष्ट्रीय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्टको प्रमुख आतिथ्यतामा भएको भेलाले श्याम के सि को नेतृत्वमा क्षेत्रीय समिति समेत गठन गरेको थियो ।
कार्यक्रममा नेपालि सेना ,नेपाल प्रहरीका पुर्व बिषिष्ट ब्यक्तीहरुको समेत बाक्लो उपस्थीति रहेका थिए । ३०० भन्दा माथि स्थानिय को उपस्थितिमा भएको सो कार्यक्रममा बोल्ने बक्ता हरुले काठमाण्डौ जस्तो ठाउँमा यस्तो भब्य कार्यक्रम सफल बनाएकोमा शभापती देबेन्द्र महर्जनको प्रशंसा समेत गरेका थिए ।

राष्ट्रिय शक्ती नेपालले संबैधानिक राजसंस्था ,सनातन हिन्दु राज्य र संघियताको खारेजि को तीन वटा मुद्दा लाई अगाडी बढाएको बताउदै एकदिन जनताहरुलाई समेत यी पार्टीहरुको हर्कत देखि वाक्क लागेर आफ्नो पक्षमा आउने दावि गरे ।
बालाजुको सिंगस् पार्टी भेन्युमा भएको कार्यक्रम को संयोजन र ब्यबस्थापन समेत राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियान्त देबेन्द्र महर्जनले गरेका थिए । क्षेत्र नं .७ काठ्माडौले कार्यक्रम भब्यरुपमा सफल पार्न साथ र सहयोग गर्ने सबैलाई आभार समेत ब्यक्त गरेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्