27.1 C
Kathmandu

ब्रेकिङ समाचारअनिल लामाको 'शैलुङ्गे मेला' मा मंगोलियन हर्टका राजु लामालाई धोका !

अनिल लामाको ‘शैलुङ्गे मेला’ मा मंगोलियन हर्टका राजु लामालाई धोका !

१५ फागुन २०७७/छेडुप तामाङ
काठमाडौ
माङ्गोलियन हर्टका राजु लामा, एलिसा राई, र साजन मोक्तान अभिनित अनिल लामाको ‘शैलुङ्गे मेला‘ आज एक बिशेष कार्यक्रमका बिच लोकार्पण गरेको छ । शनिबार महराजगञ्ज स्थित एक पार्टिप्यालेसमा उक्त गितको म्युजिक भिडियो नेपाली कांग्रेसका नेता तथा पुर्व संविधानसभा सदस्य तिर्थ लामाको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । गायक तथा संगीतकार अनिल लामाको जन्मोत्सवको अवसर पारेर उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

पर्यटकीय हिसाबले प्रचुर मात्रामा सम्भावना रहेको शक्तिको पिठको रुपमा सबैले पुज्ने गरेको रामेछापको सानो शैलुङ् महादेवमा प्रत्येक बर्ष मेला लाग्ने गरेको र सो मेलालाई बिषयबस्तु बनाएर गीतसंगीतको रुपमा ढालेको छ गायक तथा संगीतकार अनिल लामाले । भिडियोमा गाउंको मौलिकपन र गाउंले परिवेशमा माया पिरतीको स्वरुपलाई यथार्थ रुपमा चित्रण गरिएको देखिन्छ । उपत्यकाबाट शैलुङ मेला हेर्न जांदा गाउंका केटीसंग माया बसेको राजु लामालाई अन्तत्वगत्व प्रेमिकाबाट घरपरिवाको समस्य र बाध्यताले गर्दा धोका पाएको दुश्यलाई उक्त म्युजिक भिडियोमा चित्रण गर्न खोजेको देखिन्छ ।

अनिल लामाको शब्द संगीतमा मंगोलीयन हर्टका राजु लामाले आवाज भरेको छ भने सोनाम पाख्रिनको निर्देशनमा बनेको भिडियोमा गायकद्धय राजु लामाको साथमा एलिसा राई, र साजन मोक्तान लगायतको अभिनय रहेको छ । ‘शैलुङ्गे मेला‘को अडियो भर्सन ६ महिना अगाडी मात्रै सार्वजनिक गरिएको थियो भने हामीले यो समाचार सम्प्रेषण गरिन्जेल सम्म उक्त गित ५ लाख ५७ हजार १ सय ५९ जनाले हेरीसकेका छन् । गितको अडियोमा धेरै भन्दा धेरै दर्शक श्रोताले यस गीतको भिडियो कहिले आउंछ भनि प्रश्न गरेको गीतको भिडियो छिट्टै हेर्न पाउं भन्ने खालका प्रतिकृयाहरु आए पश्चात दर्शक श्रोताको माग अनुसार नै गीतको भिडियो सार्वजनिक गरिएको उक्त गीतका सर्जक एवं संगीतकार अनिल लामाले बताएको छ ।

गायक राजु लामाले भने शैलुङसंग सम्बन्धित धेरै गितहरु गाएको र आफैले अभिनय गरेको भिडियोहरु मध्ये यो गीत भने अलि फरक रहेको कुरा व्यक्त गरेका थिए । सबै जसो गितको भिडियोमा राजु लामासंग केटी नजिक हुनु र माया बस्नु जस्ता दृश्यहरु देख्न सकिन्छ तर यस गीतको अन्तमा भने राजुलामासंग आफ्नो प्रमीका छुट्टिएको र प्रेममा धोका पाएको दृश्य नै यस गीतमा राजु लामाको फरकपन रहेको कुरा समेत लामाले व्यक्त गरेका थिए । यसैमा अभिनय गरेको साजन मोक्तानले भने अनिल लामाको गीतमा चर्चित/लोकप्रिय गायक राजु लामासंग काम गर्ने मौका पाएको खुशी व्यक्त गरेका थिए ।

म्युजिक भिडियो सार्वजनिक सकेसंगै फुर्के परिवारद्धारा सर्जक अनिल लामाको जन्मदिनको उपलक्ष्यमा सम्मान गर्नुको साथै बर्थ–डे केक समेत काटेर उपस्थित सबैलाई वितरण गरेका थिए ।

भिडियो हेर्नुहोस्…

भिडियो हेरिसकेपछि प्रतिकृया दिनुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्