25.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानमा पनि कोभिड १९ को खोपले साईड ईफेक्ट फेला।

जापानमा पनि कोभिड १९ को खोपले साईड ईफेक्ट फेला।

१२ फागुन २०७७/कुङ्ग होईसेर तामाङ
जापान ।
जापानमा फेब्ररी १७ तारिखबाट शुरू गरिएको कोभिड १९ बिरूद्धको भ्याक्सिन लगाएकोमा बिश्वको अन्य मुलुकमा जस्तै साईड ईफेक्ट देखिन थालेको छ ।

फेब्ररी १९ देखि शुरू भई तोयामा, केनको तोयामा रोसाई हस्पिटलमा भ्याक्सिन लगाएका स्वास्थ्यकर्मीमा जापानमा पहिलो पटक साईड ईफेक्ट देखिन थालेको बताईएको छ, जपान सरकारले ट्युइटर मार्फत करिब ४० हजार स्वास्थ्यकर्मीका लागि शुरू गरिएको भ्यक्सिन अन्तर्गत हाल पहिलो पटक जिम मासिन अर्थात छाला सम्बन्धी एलर्जी देखिएको बताइएको छ। यद्दपि कितासातो युनिभरसीटीका प्रोफेसर तेचुओनाकायामा ले यो एक सामान्य साइड ईफेक्ट हो जुन केही खोपहरू जस्तै ईनफ्लोयोन्जा खोपमा समेत देखा पर्ने गरेकाले खासै चिन्तित हुनु नपर्ने बताएका छन।

यस संगै स्वास्थ्य तथा श्रम श्रम मन्त्रलयले आवश्यक साबधानी अपनाउनुपर्ने भन्दै साईड ईफेक्ट तुरून्तै जानकारी गराउनु पर्ने र खोप लगाए लगतै कम्तिमा १५ मिनेट सोही स्थानमा अपजोरबेसन गर्नुपर्ने बताएको जापानिज सञ्चार माध्यम हरूले जनाएका छन।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्